श्रावण ६, २०८२ मंगलबार July 22, 2025

जीवनजलको उत्पादन बन्द हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् ।

नेपालमा आठवटा उद्योगले जीवनजल उत्पादन गर्दै आएकोमा हाल एक/दुईवटा उद्योगले मात्रै उत्पादन गरिरहेको छ । त्यो पनि ती उद्योगसँग कच्चा पदार्थ मौज्दात रहुञ्जेल मात्रै हो। अब खरिद गरेको कच्चा पदार्थबाट प्रतिप्याकेट १० रुपियाँमा जीवनजल उत्पादन गर्न सकिने अवस्था नरहेको उद्योगीहरू बताउँछन् ।

नेपाल औषधि उत्पादन सङ्घका उपाध्यक्ष सन्तोष बरालले भारत, बङ्गलादेश र चीनबाट महँगोमा कच्चा पदार्थ खरिद गरेर नेपालमा जीवनजल उत्पादन गर्न नसकेपछि उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

सरकारले जीवनजलको उपभोक्ता मूल्य प्रतिप्याकेट १० रुपियाँ तोकेको छ। तर, एक प्याकेट जीवनजल उत्पादन गर्नका लागि १५ देखि १७ रुपियाँ लागत पर्छ भने सधैं घाटामा मात्र कसरी उत्पादन गर्न सकिन्छ भन्दै उनले सात रुपियाँ नोक्सानमा जीवनजल उत्पादन गरेर बिक्री गर्न सक्ने अवस्था नरहेका कारण उत्पादन बन्द गर्नु परेको उहाँले बताउनुभयो।

आदि रेमेडिज प्रालिका सञ्चालकसमेत रहनुभएका बराल स्वयंले गएको माघ महिनादेखि जीवनजल उत्पादन गर्न छोडेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार