श्रावण ६, २०८२ मंगलबार July 22, 2025

चुनावी रणनीति तिव्र पार्दै लोसपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आगामी निर्वाचनका लागि २८ चैतभित्रमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ । अन्य दलजस्तै उम्मेदवार टुंगो लगाउनेदेखि चुनावी रणनीति बनाउनेमा लोसपा नेता जिल्लामा पुगेका छन् ।

३० वैशााखमा हुने स्थानीय तहको निर्वाचनका लागि पालिका र वडा तहका समितिलाई लोसपा केन्द्रीय समितिले २८ चैतसम्ममा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो ।

लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाका अनुसार केन्द्रीय समितिले देशैभरि केन्द्रीय पर्यवेक्षक परिचालन गरेको छ । रौतहटका लागि केन्द्रीय पर्यवेक्षक तोकिए झाले समेत जिल्ला र पालिकास्तरका नेतासँग छलफल गरिरहेका छन् ।

जिल्लामा परिचालन गरिएका केन्द्रीय पर्यवेक्षकले बिहीबार एकैदिन सबै जिल्लामा विस्तारित बैठक गरिसकेका छन् । उनीहरू निर्वाचन केन्द्रित प्रशिक्षणका साथै चुनावी रणनीतिबारे समेत छलफल थालेका छन् । वडादेखि पालिकासम्मको यथार्थ विवरणबारे छलफल गर्दै कुन पार्टीसँग चुनावी गठबन्धन गर्दा फाइदा हुन्छ त्यस’boutमा समेत रणनीति बनाउँदै छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले मधेस प्रदेशमा २५ प्रमुख र ३१ उपप्रमुख जितेको थियो । त्यतिबेला तत्कालीन राजपा अहिलेको लोसपाले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम (हाल जसपा)सँग चुनावी गठबन्धन गरेको थियो ।

राजपा र समाजवादीबीच एकीकरण भई जसपाको घोषणा भएको थियो । तर, अहिले जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भइसकेको छ । लोसपा अहिले सत्तारूढ नेपाली कांग्रेसका साथै प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग समेत समानान्तर रूपमा चुनावी गठबन्धनबारे छलफल आन्तरिक रूपमा गर्दै आएको छ । यद्यपि गठबन्धन कोसँग गर्ने भन्ने अन्तिम टुंगो लाग्न बाँकी रहेको लोसपा स्रोतले जनाएको छ ।

लोसपा अध्यक्ष ठाकुर अहिले बिरामी भई उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनी बिरामी भएकाले चुनावी गठबन्धनबारे छलफल अगाडि बढ्न सकेको छैन । केही समयअघिसम्म प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनावी गठबन्धनबारे मा छलफल भएको थियो ।

लोसपाले उठाउँदै आएको माग सम्बोधन गरेर पाँच दलीय गठबन्धनमा ठाकुरलाई समेत सहभागी गराउने रणनीतिअनुसार देउवाले छलफल थालेका थिए । उनीहरूकै मागबमोजिम नागरिकता विधेयकसमेत संसद्बाट पारित गर्ने रणनीतिमा देउवा रहेका छन् ।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई टकर दिन लोसपा, राप्रपा, राप्रपा नेपाल, विप्लव नेतृत्वको नेकपासँग चुनावी गठबन्धन गर्ने रणनीतिमा छन् । आन्तरिक रूपमा छलफल गरिरहेका ओलीले गठबन्धनबारे टुंगोमा पुग्न सकेका छैनन् । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार