श्रावण ७, २०८२ बुधबार July 23, 2025

पशुपतिनाथमा तीन लाख दर्शनार्थी, २८० भक्तजनले गरे विशेष पूजा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपतिनाथमा तीजको जत्तिकै दर्शनार्थी आएकाले तीन लाखभन्दा बढीले मूल मन्दिर प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

नयाँ वर्षका लागि कोषले पश्चिम मूल ढोकामा यस वर्षदेखि सजावटसहित नववर्षको शुभकामना ब्यानर टाँगेको थियो । बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब तीन लाख भक्तजनले पशुपतिमा आई दर्शन गरेको उहाँले सुनाउनुभयो ।

आज बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ । अहिले पनि पशुपतिनाथमा भइरहेको आरतीलगायत धार्मिक गतिविधिमा हजारौँ दर्शनार्थी लाम लागेका छन् । दर्शनार्थी व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, पहरा गणका प्रहरी पनि खटिएका थिए ।

पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा २८० जनाले रसिद काटेर विशेष पूजा गरेका छन् । पशुपतिनाथमा २२० र वासुकीनाथमा ६० जना भक्तजनले रसिद काटेर विशेष पूजा गर्नुभएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार ९वाग्मती नदीको उद्गमस्थल०, टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार