श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गठबन्धन दलका आ-आफ्नै दाबीः लचिलो नबने तालमेल कठिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारूढ पाँच राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा आआफ्नो दाबी पेस गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान शीर्ष नेता र दिउँसो नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वको स्थानीय तह निर्वाचन अनुगमन तथा तयारी समितिको बैठकमा दलहरूले आआफ्ना दाबी प्रस्तुत गरेका हुन्।

गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा तालमेल नगर्न कार्यकर्ताबाट दबाब बढ्दै गएका बेला अन्य दलहरूले महानगर र उपमहानरपालिकामा आफ्नो दाबी बढाएका छन्। जसले गर्दा सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेलको विषय थप जटिल बन्ने देखिएको छ।

बैठकमा माओवादी केन्द्रले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका कांग्रेसले लिएर बाँकी तीन महानगरपालिका अन्य दललाई छाडिदिनु पर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्तावमा भरतपुर माओवादी केन्द्र, वीरगन्ज जनता समाजवादी पार्टी (जसपा) र पोखरा एकीकृत समाजवादीलाई दिनुपर्ने भनिएको छ। कांग्रेसका जिल्ला नेताले भरतपुर महानगरको नेतृत्व छाड्न नसकिने बताउँदै आएका छन्। वीरगन्जमा जसपासँग मित्रवत् प्रतिस्पर्धा गर्ने समझदारी कांग्रेस जिल्ला तहको नेतृत्वले गरेको छ।

भरतपुर महानगरको नेतृत्व कांग्रेसले लिएर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रेणु दाहाल र पुष्पकमल दाहालको स्थान सुरक्षित गर्ने प्रस्ताव पनि अघि सारिएको छ। तर कांग्रेस र माओवादी दुवैले भरतपुरलाई आआफ्नो प्रतिष्ठाको विषय बनाउँदा स्थानीय मात्र होइन, त्यसपछिका चुनावमा पनि तालमेल गर्न कठिन हुने कांग्रेस नेताहरूले बताउँदै आएका छन्।

दाहालले भरतपुर महानगरको दाबी नछाडेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा पनि माओवादीलाई उक्त महानगरको नेतृत्व छाड्न सकारात्मक देखिएका छन्। तर स्थानीय तहमा विद्रोह हुने अवस्थामा त्यसको असर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि पर्न सक्ने भन्दै माओवादी परिस्थिति हेरेर आवश्यक परे महानगरको नेतृत्वको विषयमा लचिलो हुन सक्ने निकट स्रोतको दाबी छ।

माओवादी केन्द्रले ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व दाबी गरेको छ। यी कांग्रेसको तुलनात्मक रूपमा कम दाबी रहेका उपमहानगरपालिका हुन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकासहित इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरको नेतृत्व दाबी गरेको छ। कांग्रेसले पनि पोखरामा नेतृत्व दाबी छाडेको छैन। इटहरी, बुटवलका साथै दाङका घोराही र तुलसीपुरमध्ये एउटाको नेतृत्व पनि नछाड्ने पक्षमा कांग्रेस देखिएको छ। नेकपा एकीकृत समाजवादीले घोराही, जनकपुर र नेपालगन्जमा उपमेयर पनि दाबी गरेको छ।

अर्को सत्ता साझेदार जसपाले वीरगन्ज महानगरपालिकासँगै धरान, जनकपुरधाम र नेपालगन्जको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ। यसअघि जसपाले जित निकालेको जनकपुरधामको नेतृत्व फेरि पनि उसैलाई दिन कांग्रेस नेतृत्व लचिलो देखिएको स्रोतको दाबी छ।

पार्टी नेता विमलेन्द्र निधिसहितका नेताहरू गठबन्धनको विपक्षमा उभिँदै आए पनि सभापति देउवाले त्यहाँको नेतृत्व जसपालाई दिएर अघि बढ्ने निकट स्रोतको दाबी छ। कांग्रेस धरान, जनकपुर, हेटौंडासहित बढीमा पाँचबाहेक बाँकी उपमहानगरपालिकाको नेतृत्व आफैंसँग राख्ने रणनीतिमा छ। गठबन्धनमा रहेका अन्य दलले भने धनगढी उपमहानगरपालिकाको नेतृत्वमा दाबी गरेका छैनन्। नागरिक 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार