श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पुराना प्रश्नपत्र अभ्यास गरेर उत्तीर्ण हुन कठिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन ।

पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने कक्षा १२ को परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार निकै फस्टाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ८, १० र १२ का लागि स्तरीकृत प्रश्नपत्र तयार गरेर प्रश्न बैङ्क निर्माण गर्दै छ । बोर्डले बुधबार आयोजना गरेको कार्यशालामा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा प्रणालीमा सुधार गर्नु जरुरी भएको बताउँदै भने, “स्तरीकृत प्रश्नपत्रको बैङ्कमा सयौँ नमुना प्रश्नपत्र समावेश हुनेछ ।

पलिका वा प्रदेशको पहुँच प्रश्न बैङ्कमा पुर्‍याइनेछ । उनीहरूले त्यहीँबाट इच्छाअनुसार प्रश्नपत्र तयार गर्न सक्नेछन् ।” उनले कम्तीमा पाँच वर्षसम्म प्रश्न दोहोरिन नदिने बताए । यसबाट पुराना प्रश्नपत्रको सँगालो विस्थापित हुने दाबी गरिएको छ ।

बोर्डले शैक्षिक सत्र २०७९ बाट एसईई र कक्षा १२ मा तथा आगामी शैक्षिक सत्र २०८० बाट कक्षा ८ मा स्तरीकृत प्रश्नपत्र लागू गर्ने भएको छ । स्तरीकृत प्रश्नपत्रका कारण पालिका र प्रदेशको प्रश्नपत्र समानस्तरको हुनेछ । गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार