काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले सन् २०५० सम्म काठमाडौँ उपत्यकामा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ।
प्राधिकरणले काठमाडौँ उपत्यकामा बढ्दो बिजुलीको माग धान्ने गरी नयाँ संरचना निर्माणको गुरुयोजना र आवश्यक स्रोत जुटाउन पहल गर्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०५० भित्र काठमाडौँ उपत्यकामा मात्रै बिजुलीको माग ३१ सय मेगावाट हुने भएकाले अहिलेदेखि नै सो बिजुलीको मागलाई सम्बोधन हुने गरी पूर्वाधार तयार गर्नुपर्ने बताएका छन् ।
‘काठमाडौँ उपत्यकामा बिजुलीको माग वर्षेनी बढ्दै गइरहेको छु,’ उनले भने ‘बिजुलीको लोड अनुसारको पूर्वाधार नबनाएको खण्डमा ठूलो समस्या आउन सक्छ। त्यसैले भविष्यलाई आवश्यक पर्ने संरचना निर्माणको थालनी अहिले गर्नु जरुरी छ।’
प्राधिकरणका अनुसार प्रस्तावित प्रसारण लाइन निर्माणका लागि करिब ४० देखि ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ। नागरिक दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया