श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालका असली गहना नै सांस्कृतिक सम्पदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आज काठमाडौैंको परिचय भनेको के भन्दा सबैको मुखारवृन्दबाट सुन्न पाइन्छ, यहाँको सांस्कृतिक सम्पदा हो ।

संस्कृति हाम्रो सुन्दरता हो, संस्कृति हाम्रो परिचय हो र बहुमूल्य गहना हो कि यसको महत्व  भन्दै जाँदा संस्कृतिविद्हरूले पनि भेटिसक्नुभएको छैन होला, यसको गहिराइलाई । नेपालको परिचय नेपालीले भन्दा विदेशी नागरिकले बढी बुझेका छन् । नेपालको संस्कृतिमा विदेशीहरूले मनोरञ्जन लिने गरेका छन् ।

हामीले यस्ता संस्कृति बचाउन एकदम आवश्यक छ । नेपाल एउटा यस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो कि यहाँ असंख्य स्रोतका भण्डार रहेका छन्, मात्र यसको उचित परिचालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण नभएको र सांस्कृतिक सम्पदा संरक्षणले देशको पहिचान विश्वमा चिनाउन सकिन्छ भन्ने धारणा नागरिकमा चेतना नभएर मात्र हो । सम्पदा र संस्कृति बचाउने नाममा मठमन्दिर, गुठी संस्थान, सार्वजनिक जग्गाजमिन इत्यादि क्षेत्र दिनानुदिन अतिक्रमण हुँदै गएका छन्, खण्डीकृत हुँदै गएका छन् । यसतर्फ कसैको ध्यान गएको छैन ।

युवा पुस्तालाई आजको पश्चिमा संस्कृतिले व्याप्त बनाइरहेको छ, नेपाली पहिचान त के हो के, कुनै परवाह छैन । आज विदेशी संस्कृति नेपालमा हाबी हुँदा नेपालको मौलिक संस्कृति लोप हुन लागेको छ । नेपाली भाषामा विभिन्न जातजातिको नाच, धार्मिक आस्था राख्ने वर्ग, जनजातिको जात्रा, समयानुसारको पर्व, रोधी, मेलापातमा गाइने असारे गीत, रोपाइँ अनि काठमाडौं उपत्यकाका तिनै जिल्लाका मल्लकालीन कलात्मकता बिस्तारै–बिस्तारै लोप हुन थालेको छ । हामीले वर्षमा १ दिन पनि हाम्रो पहिचान झल्कने वेशभूषा धारण गरेर त्यसको महŒवका बारेमा कुनै सार्वजनिक कार्यक्रम प्रस्तुत गरेका छैनौं । अनि आफैं भनौं त, हामीले हाम्रो संस्कृति, वेशभूषा, रीतिरिवाज, रहनसहन, खानपिन र दैनिकीलाई कुल्चिएर हिँडेका छौं, यसको संरक्षण कसले गर्ला र कसले सोच्ला खै !

अहिले नेपालमा बसोबास गर्ने युवावर्गको दैनिकी फेरिँदै गएको छ । जब नेपालमा पश्चिमा देशको संस्कृति भित्रियो त्यति नै बेलाबाट नेपालको खानपिन, रहनसहन र संस्कृतिको लोप हुँदै गएको छ । मानिसले आफूले गर्दै आएका खेतीपाती गर्न छाडी विदेशी खानपिन, लवाइलाई प्राथमिकतामा दिन थालिएको छ, जसले पश्चिमा शैलीलाई प्राथमिकता दिई आफ्नोे मौलिकतालाई विस्थापित गरिदिएको छ ।

आजका युवापुस्तालाई नेपालको राष्ट्रिय खाना के हो ?? आजका युवा पुस्तालाई थाहा हुँदैन, तर अमेरिकाको, बेलायत, फ्रान्स इत्यादि देशका बारेमा सोधौं त एउटा ठेली पुग्नेसम्म थाहा हुन्छ हाम्रा युवालाई ।
अब नेपालको संस्कतिको कुरा गरौं, नेपालको पहिचान भनेकै नेपालको संस्कृति हो, यहाँको भाषा, धर्मले नै नेपाललाई विश्वसामु चिनाएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका सम्पदाहरू नेपालका गतिला चिनारी हुन् । यस्ता सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्नु जरुरी छ । यसतर्फ सरकार मात्र बचाउ अभियानमा लागेर हुँदैन, हामी जनता आफंै क्रियाशील भएर संरक्षणमा लाग्नुपर्छ । २०७२ सालमा गएको भूकम्पले नेपालका सांस्कृतिक सम्पदाहरू भत्किएको र त्यसको पुनर्निर्माणले गति लिन नसक्दा विश्वसम्पदा सूचीमा रहेका हाम्रा सांस्कृतिक गहनाहरू विश्वसम्पदा सूचीबाट बाहिरिने अवस्था आएको छ ।

विदेशी पर्यटकहरू नेपालका कला–कौशलतालाई फोटो खिचेर विदेशमा प्रवद्र्धन गरिरहेका छन्, नेपाल सरकारको ध्यान जाओस् कि नेपाल एउटा सांस्कृतिक विविधताले युक्त देश हो, नेपाललाई विश्वसामु चिनाउन सम्पदाको संरक्षण गर्न आवश्यक छ ।
सरकारले पनि बजेट भाषणमार्फत यस्ता विश्वसम्पदा सूचीमा समावेश भएका संस्कृतिक धरोहरको संरक्षणमा बजेट विनियोजन गरी स्वदेशी तथा विदेशी पर्यटकको पर्यटन प्रवद्र्धन गर्न नीति तथा कार्यक्रम बनाएर कार्य सम्पादन गर्नुपर्छ ।
युवा शक्ति देशका ऊर्जा भएकाले युवा शक्तिले पिता–पुर्खाले बचाई ल्याएको संस्कृतिलाई जोगाएर पुस्ता हस्तान्तरण गरी पुस्तौंपुस्तासम्म हाम्रा सन्ततिहरूका लागि जोगाइराख्नुपर्छ । झलनाथ खतिवडा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार