श्रावण ७, २०८२ बुधबार July 23, 2025

राष्ट्र कल्याण र विश्व शान्तिका लागि गोरक्ष महायज्ञ सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: विश्व शान्ति र राष्ट्र कल्याणको सङ्कल्पले वैशाख शुक्रबारदेखि गोरक्ष महायज्ञ २०७९ सुरु भएको छ । जेठ २ गतेसम्म आयोजना गरिने ११ दिने कार्यक्रम वैदिक तथा तान्त्रिक विधिले सञ्चालन गरिने छ । ११ दिनसम्म पशुपति क्षेत्रको मृगस्थलीमा महायज्ञ  सुरु भएको हो ।

एक हजार ७७३ वर्षअघि राजा नरेन्द्रदेवको पालामा मृगस्थलीमै यो महायज्ञ आयोजना गरिएको इतिहास रहेको महायज्ञ आयोजक मूल समारोह समितिका उपसंयोजक केदारमान भण्डारीले बताए। त्यसबेला गोरखनाथले सबै नागलाई आसन बनाई राखेर महायज्ञ गर्दा कीरा फट्याङ्ग्रा बढेर रोगको महामारी फैलिएको थियो ।

गोरखनाथलाई आसनबाट उठाउन कामरुप कामाख्यबाट मच्छेन्द्रनाथलाई ल्याएर नागलाई मुक्त गराएपछि कीटाणुले फैलाएको प्रदूषण कम भई महामारी हटेर शान्ति स्थापना भएको विभिन्न ऐतिहासिक एवं धार्मिक पुस्तकमा उल्लेख गरिएको छ ।

महायज्ञका लागि कामरुप कामाख्यबाट १० महाविद्यामा सिद्धिप्राप्त गुरु डा दिवाकर शर्मालाई ल्याइएको छ । उनको नेतृत्वमा ५१ वैदिक र तान्त्रिक गुरुहरू सहभागी भएर महायज्ञ सुरु भएको आयोजक समितिका उपसंयोजक भण्डारीले सुनाए । महायज्ञमा देशभरका नाथ सम्प्रदायका मठाधीश, गुरु र भक्तजनलाई पनि आमन्त्रण गरिएको छ ।

महायज्ञमा हिन्दू, बौद्ध, जैन र शिख धर्मका गुरुलाई समेत बोलाइएको आयोजक समितिले जनाएको छ । ओमकार परिवारका यी चारै धार्मिक विधिअनुसार महायज्ञमा पूजा, आराधना र हवनसमेत गरिने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार