श्रावण ७, २०८२ बुधबार July 23, 2025

तीनथरी मतदाता फकाउँदै एमाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार्टीका उम्मेदवारका पक्षमा मत मागेका हुन्।

उद्योगी व्यवसायी, किसान, श्रमिकलाई पनि सम्बोधन गर्दै ओलीले मत मागे। ओलीले आगामी पाँच वर्षभित्र मुलुकका सबै गाउँ, नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहित समतामूलक एवं समृद्ध बनाउने प्रतिज्ञा गरेका छन्।

पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसप्रति निकै आक्रामक बनेका ओलीले एमाले नेतृत्वको सरकारका पालामा मुलुकलाई समृद्धिको बाटोतर्फ उन्मुख गराएको दाबी गर्दै स्थानीय चुनावको मुखमा मतदाता फकाउने प्रयास गरेका हुन्।

उनले बहुदलीय शासन व्यवस्था स्थापनापछिका वर्षमा एमालेले करिब सात वर्ष आफ्नै नेतृत्वको सरकार र करिब तीन वर्ष संयुक्त सरकारमा सहभागी भई काम गर्ने अवसर पाएको बताए।

उनले यस अवधिमा काँग्रेसले करिब २० वर्ष आफ्नै नेतृत्वको सरकार र करिब सात वर्ष संयुक्त सरकारमा सहभागी हुँदा पनि युवा, प्रौढ तथा बेरोजगारका लागि कुनै पनि कार्यक्रम र योजना नल्याएको आरोप लगाए। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार