श्रावण ७, २०८२ बुधबार July 23, 2025

ठाउँठाउँमा वाम तालमेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ्ः पाँचदलीय सत्तागठबन्धनमा रहेका वाम घटक र एमालेबीच केन्द्रीय तहमा तिक्ततापूर्ण आरोप–प्रत्यारोप छ । तर, कैयौँ स्थानीय तहमा भने उनीहरूबीच नै तालमेल छ । चुनावमा आफू अनुकूल नतिजा निकाल्न दलहरू विरोधाभास तालमेलमा उत्रिएका छन् भने कैयौँ ठाउँ वाम तालमेल पनि देखिएको छ ।

डेढ दर्जनभन्दा बढी स्थानीय तहमा सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एमालेसँग तालमेल गरेर अर्को सत्तारूढ दलसँग चुनाव लड्दै छन् । सकेसम्म सबै दल मिलेर तालमेल गर्ने र मिल्न नसकेका स्थानमा गठबन्धनभित्रैका दलबीच स्वस्थ रूपमा आपसी प्रतिस्पर्धा गर्ने गठबन्धनको निर्णय छ । तर, कतिपय स्थानमा उनीहरूले एमालेसँग मिलेर मोर्चाबन्दी गर्दै गठबन्धनभित्रैका दलसँग प्रतिस्पर्धा गर्दै छन् । गठबन्धन प्रभावकारी कार्यान्वयनमा नआएपछि शीर्ष नेताहरूले नै सार्वजनिक रूपमा असन्तुष्टिसमेत पोखिरहेका छन् । सत्तारूढ गठबन्धनले केन्द्रीयस्तरमै पाँचदलीय गठबन्धन बनाएर एमालेसँग प्रतिस्पर्धा गर्दै छ ।

एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र परिवार दलसँग सूर्य चिह्नमा चुनाव लड्ने गरी तालमेल गरेको छ । स्थानीय आवश्यकताअनुसार छिटपुट स्थानमा उसले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र विप्लव नेतृत्वको नेकपा मात्रै होइन, सत्तागठबन्धनभित्रैको जसपासँगसमेत तालमेल गरेको छ ।

झापाको कचनकवल गाउँपालिकामा राप्रपाविरुद्ध एमाले र कांग्रेसले गठबन्धन गरेका छन् । अघिल्लो निर्वाचनमा त्यहाँ राप्रपाबाट अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका थिए । अध्यक्षमा कांग्रेसका तर्फबाट कालेन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उम्मेदवार छन् ।

एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा सत्तारूढ गठबन्धनमा लिङ्देन नेतृत्वको राप्रपा पनि मिसिएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा सत्तारूढ दल जनता समाजवादी पार्टीले एमालेसँग तालमेल गरेको छ । अध्यक्ष एमालेलाई छाडेर जसपाले उपाध्यक्ष पद लिएको छ ।

नुवाकोटको किस्पाङमा माओवादी केन्द्र र सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रका विद्रोही उम्मेदवारले एमालेसँग तालमेल गरेका छन् । ती गाउँपालिकाहरूमा माओवादी केन्द्रका असन्तुष्ट उम्मेदवारले सूर्य चिह्न लिएर लड्दै छन् । सिन्धुलीको मरिणमा अध्यक्षमा एमालेका गोविन्दलाल माझी र उपाध्यक्षमा माओवादी केन्द्रकी विद्रोही उम्मेदवार संगीता माझी सूर्य चिह्न लिएर उठेकी छिन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा पनि एमाले र माओवादीबीच तालमेल भएको छ । त्यहाँ अध्यक्षमा एमालेका टपिन्द्र तिमल्सिना र उपाध्यक्षमा माओवादी केन्द्रकी दुर्गा थापा उम्मेदवार छिन् । त्यहाँ कांग्रेस एक्लैले एमाले–माओवादी गठबन्धनसँग प्रतिस्पर्धा गर्दै छ ।

मेलम्ची नगरपालिकामा कांग्रेसले पाँचदलीय गठबन्धनबाहिरको राप्रपासँग बेग्लै गठबन्धन बनाएको छ । त्यहाँ कांग्रेसबाट आइतमान तामाङ मेयरका उम्मेदवार छन् भने कुमारी स्याङ्तान राप्रपाबाट उपमेयरकी उम्मेदवार छन् ।

रुकुम पूर्व र रोल्पामा कांग्रेस र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र गुल्मीमा माओवादी केन्द्र पनि एमालेसँगको तालमेलमा जोडिएको छ । गठबन्धन दलले विपक्षी एमालेसँग तालमेल नगर्ने निर्णय गरे पनि स्थानीय तहमा भने स्थानीय पार्टीहरूले उल्लंघन गर्दै तालमेललाई निरन्तरता दिएका हुन् ।

रुकुम पूर्वमा सत्तारुढभित्रको माओवादी केन्द्रविरुद्ध सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नै एमालेसँग मोर्चाबन्दी गरेको छ । भुमे गाउँपालिका र सिस्नेमा कांग्रेसलाई अध्यक्ष दिएर एमालेले उपाध्यक्ष लिएको छ । उता, पुठाउत्तरगंगामा एमालेले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष लिएको छ ।

गुल्मीको कालिगण्डकीमा माओवादी केन्द्रले सूर्य चिह्नमा लड्ने गरी उपाध्यक्ष लिएर एमालेको अध्यक्षलाई मत दिने सहमति गरेको छ । धुर्कोट गाउँपालिकामा भने अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिएको छ । माओवादीले अध्यक्ष लिएको गाउँपालिकामा भने एमाले आफ्नै सूर्य चिह्नबाट लड्ने लुम्बिनी प्रदेशका एमाले अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।

रोल्पाको माडीमा अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेसले, त्रिवेणीमा अध्यक्ष एमालेलाई र उपाध्यक्ष कांग्रेसले लिएर माओवादी केन्द्रसँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । त्यस्तै, विप्लव नेतृत्वको नेकपा, कांग्रेस र एमालेको त्रिपक्षीय तालमेलमा विप्लव नेतृत्वको नेकपालाई रोल्पाकै सुनसहरी गाउँपालिका अध्यक्ष दिइएको छ । त्यहाँ उपाध्यक्ष कांग्रेस र बहुमत वडा एमालेले लिएर चुनाव लड्दै छन् ।

एमाले कर्णाली प्रदेश इन्चार्ज यमलाल कँडेलका अनुसार कालिकोटका स्थानीय तहमा पनि एमाले र माओवादी केन्द्रबीच तालमेल छ । महावै गाउँपालिकामा माओवादी केन्द्रले एमालेलाई उपाध्यक्ष दिएर तालमेल गरेको छ । त्यहाँ माओवादी केन्द्रबाट अध्यक्षमा खेमबहादुर सिंह र उपाध्यक्षमा एमालेबाट दानसिंह सेजुवाल उम्मेदवार छन् ।

त्यस्तै, डोल्पा र हुम्लाका कतिपय गाउँपालिकामा नेकपा एकीकृत पनि एमालेसँग तालमेल गरेको छ । हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ । अध्यक्षमा एमालेका विमलकुमार शाही र उपाध्यक्षमा नेकपा एकीकृतकी प्रेमकला शाही उम्मेदवार छन् । त्यहाँ माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष लिएर तालमेल गरेका छन् ।

एमाले नेता भीम रावलको गृह जिल्ला अछामको मल्लेख गाउँपालिकामा पनि एमालेसँग एमालेबाटै फुटेर बनेर सत्तागठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेको छ । अध्यक्षमा एमालेबाट भीम खड्का र उपाध्यक्षमा नेकपा एसकी समिता महरा उम्मेदवार छन् ।

साँफेबगर नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच तालमेल छ । मेयरमा एमालेका पशुपति कुँवर र उपमेयरमा माओवादी केन्द्रका रणबहादुर थापा उम्मेदवार छन् । त्यहाँ माओवादीले एमालेको सूर्य चिह्नबाटै चुनाव लड्दै छ ।

जहाँ छ वाम तालमेल

नुवाकोटको किस्पाङमा माओवादी केन्द्र र सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रका विद्रोही उम्मेदवारले एमालेसँग तालमेल गरेका छन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा पनि एमाले र माओवादीबीच तालमेल भएको छ ।

गुल्मीको कालिगण्डकीमा माओवादी केन्द्रले सूर्य चिह्नमा लड्ने गरी उपाध्यक्ष लिएर एमालेको अध्यक्षलाई मत दिने सहमति गरेको छ । धुर्कोट गाउँपालिकामा भने अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिएको छ ।

कालिकोटको महावै गाउँपालिकामा माओवादी केन्द्रले एमालेलाई उपाध्यक्ष दिएर तालमेल गरेको छ ।

हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

अछामको मल्लेख गाउँपालिकामा पनि एमालेसँग एमालेबाटै फुटेर बनेर सत्तागठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेको छ । साँफेबगर नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच तालमेल छ । नयाँपत्रिकाबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार