श्रावण ७, २०८२ बुधबार July 23, 2025

स्थानीय तह निर्वाचनः मधेस प्रदेशमा सुरक्षा चुनौती थप्दै अवैध हतियार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुरक्षा दृष्टिकोणले संवेदनशील मानिँदै आएको मधेस प्रदेशका ८ वटै जिल्लामा अवैध हतियारको कारोबार बढ्दैगएको छ। पछिल्लो समय राजनीतिक सरगर्मी बढेसँगै सीमावर्ती क्षेत्रबाट अवैध हतियार ल्याएर आपराधिक क्रियाकलाप गर्नेको संख्या बढेको प्रहरी अनुसन्धानले नै देखाएको छ।

वैशाख २४ गते बिहान बाराको सिम्रौनगढ नगरपालिका– ९ बसवरियादेखि कचोर्वा जाने सडकबाट अटोमेटिक चाइनिज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई भारतीय युवकलाई सशस्त्र प्रहरीले पक्राउ गर्‍यो। पक्राउ पर्नेमा भारतको बिहार प्रान्तको मोतीहारी जिल्लाका २३ वर्षीय पपुकुमार यादव र भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह छन्।

सीमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भई नेपाल प्रवेश गरेका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने २ राउण्ड गोली, १ थान म्याग्जिन, २ थान कटुवा पेस्तोल र त्यसको दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार मधेस प्रदेशका ८ जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ४५ थान अवैध हतियार बरामद भएका थिए भने त्यसमा संलग्न ५७ जना पक्राउ परेका थिए।

आर्थिक वर्ष २०७६/७७ मा ७१ थान अवैध हतियार बरामद भएका थिए भने त्यसमा संलग्न ९२ जना पक्राउ परेको प्रहरी तथ्यांक छ। गतवर्ष ५३ थान अवैध हतियार बरामद भएको र त्यसमा संलग्न ६८ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती रहेको प्रहरी अधिकारीहरू बताउँछन्। नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। पारिका अपराधीबाट वारिका अपराधीले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएरसमेत अपराध कर्म गरेको पाइएको छ। यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्दा त्यस्तो हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्।

मान्छे मार्नभन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरेको उनीहरूको भनाइ छ। लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारीको अनुभूति छ। करिब चार सय २८ किलोमिटर खुला सीमानाका रहेको प्रदेश २ मा हरप्रहर निगरानी राख्न पनि कठिन छ। अर्को समस्या घरघरमा साना अवैध हतियार खानतलास गर्न कानुनी झन्झट पनि छ। प्रहरीको सक्रियाताले हतियार र हतियारधारी व्यक्ति पक्राउ पर्ने क्रम बढेको देखिन्छ।

विगतमा पनि भूमिगत सशस्त्र समूहकोे जगजगी रहेको मधेस प्रदेशमा बढेको अवैध हतियारको कारोबारले सुरक्षा चुनौती थपेको छ।

स्थानीय चुनावको सरगर्मीले पनि अवैध हतियारको प्रयोग बढेको निष्कर्ष प्रहरीले निकालेको छ। आपराधिक घटना न्यूनीकरणका लागि अवैध हतियारको कारोवार निस्तेज पार्न सुरक्षा निकायको थप सक्रियता आवश्यक देखिन्छ।

खुला सीमा, आपराधिक व्यक्तिहरूको सहज आउजाउ, अवैध हतियारको ओसारपसारको जोखिमका हिसाबले मधेस प्रदेशको सुरक्षा निकायले यहाँनस्थल तथा मतदान केन्द्रको वर्गीकरण गरेको छ। मधेस प्रदेशमा १ हजार ६३ मतदानस्थल र २ हजार ९९ मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा मतदानस्थल तथा मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरिएको हो।

खुला सीमाका कारण ससाना हातहतियारले सुरक्षा चुनौती रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसका लागि निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि नै पूर्ण रूपमा बोर्डर बन्द गरिने जनाइएको छ।

मधेस प्रदेश प्रहरीले सत्ता गठबन्धन र विपक्षी दलबीच हुनसक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरेको छ। मधेसमा १ हजार ६३ वटा मतदानस्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेकोमा सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ। सप्तरीमा २ सय ८ मतदानस्थल र ३ सय ८० मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको हो। सिरहामा १ सय ७० वटा मतदानस्थल र ३ सय ८२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

महोत्तरीका १ सय १० मतदानस्थल, २ सय १४ मतदान केन्द्र, सर्लाहीका १ सय ३ मतदानस्थल र २ सय ५ मतदान केन्द्र, रौतहटमा ८३ वटा मतदान स्थल र १ सय ६१ मतदान केन्द्र, बारामा १ सय ४४ वटा मतदान स्थल र २ सय ५६ वटा मतदान केन्द्र र पर्सामा ६२ वटा मतदानस्थल तथा १ सय ६७ मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ।

प्रदेशका ८ सय ८८ वटा मतदानस्थल र १ हजार ६ सय ८६ वटा मतदान केन्द्रलाई संवेदनशील रूपमा वर्गीकरण गरिएको छ। जम्मा २ हजार १ सय ६३ वटा मतदानस्थल र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र रहेकोमा २ सय १२ वटा मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्रलाई सामान्यमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। नागरिक 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार