श्रावण ७, २०८२ बुधबार July 23, 2025

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः २८ वैशाख २०७९ बुधबार । तद्नुसार मे ११  । वैशाखशुक्लपक्ष दशमी तिथि, तैलित करण, पूर्वाफाल्गुनी नक्षत्र, ब्याघात योग, चन्द्रमा सिंह राशिमा छ । बुधबार घर गृहस्थका काम गर्दा शुभ हुनेछ ।

आज बिहान सूर्योदय ५ः१७ मा भएकाे छ भने सूर्यास्त ६ः४४ मा हुनेछ । आजका देवता वायु र ग्रहदेव शुक्र हुन् । आज  घर व्यवहारका काम गर्दा फल प्राप्त हुनेछ । सोमखेती, बुध घर भनेर भन्ने गरिएको छ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुहोला ।   

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टि रहन सक्छ । लामो यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन  गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फाइदाजनक हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । सोचअनुसार काम हुनेछ । मनमा चिन्ता र भय छ भने पनि हट्दै जानेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन विहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुभयो भने फलदायी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नेछ । सामाजिक मानसम्मानसमेत मिल्नेछ । नयाँ कार्ययोजना बनाउनुहोला । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले नयाँ कामको अवसर आउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु होला । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । चन्द्रमाको साथ रहेको छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  व्यापारबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तुला राशिका जातका लागि आजको दिन सोच अनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईंमाथि अनेक आरोप आउँछन् भने हानी हुनसक्ने संभावना पनि रहन्छ । व्यापारबाट केही फाइदा हुने काम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत  कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आजको कुनै शिवालय र देवालयको दर्शन गरेर मात्र काम शुरुवात गर्दा सोचअनुसार काम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सहयोग दिने कुनै  मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : व्यापारमा लागेका मीन राशिका जातकका लागि आजको दिन उत्तम छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु उत्तम हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार