श्रावण ७, २०८२ बुधबार July 23, 2025

सरकारी अस्पतालहरूले आइतबार पनि ओपिडी सेवा दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः १ जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी घोषणाअनुसार आइतबार सरकारी कार्यालयहरू बन्द भए । तर, सरकारी अस्पतालहरू भने सञ्चालन भए ।

चिकित्सकहरूले सरकारी निर्णयको स्वागत गरे पनि अस्पताल प्रशासनले नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आइतबार ओपिडी खुला गरेका हुन् ।

दुई दिन बिदा दिने–नदिने भन्ने विषयमा एक हप्ताअघि स्वास्थ्य मन्त्रालयमा छलफल भएको थियो । अधिकांश सहभागीले सरकारले नै निर्णय गरेकाले बिदा दिनुपर्ने बताएका थिए । तर, केही चिकित्सकले भने दुई दिन बिदा गर्दा तेस्रो दिन ओपिडी धान्न कठिन हुने, शल्यक्रिया, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड र डायलाइसिसको समय महिनौँ पर धकेलिन सक्नेतर्फ सचेत गराएका थिए । त्यसपछि आइतबार ओपिडी सञ्चालन गर्ने निर्णय भएको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए ।

देशका धेरै अस्पतालले आइतबार ओपिडी सञ्चालन गरेका छन् । काठमाडौंका ठूला त्रिवि शिक्षण, वीर, कान्तिबाल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ओपिडी खुला राखे । नरदेवी आयुर्वेद चिकित्सालयको ओपिडी पनि सञ्चालन भयो । यी अस्पतालमा दैनिक १५ सयदेखि दुई हजार बिरामी उपचारका आउँछन् ।

सातामा दुई दिन बिदा दिँदा अस्पताल सञ्चालन गर्नसमेत कठिन हुने अधिकारीहरू बताउँछन् । यसरी बिदा दिए विकास समितिमार्फत राखिएका कैयौँ जनशक्तिको रोजी–रोटी नै गुम्ने उनीहरूको भनाइ छ । सार्वजनिक बिदाको दिन सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदाको व्यवस्था गरिने अस्पतालहरूले जनाएका छन् ।

आइतबार बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएका कार्यालयमा भने सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कयम हुनेछ । तर, १६ कात्तिकदेखि १५ माघसम्म भने कार्यालय समय बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म मात्रै कायम हुनेछ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार