काठमाण्डौः २०७४ सालको भन्दा बढी मत हासिल गर्दै नेपाल मजुदर किसान पार्टीले भक्तपुर नगरपालिकामा सम्पूर्ण विपक्षीको जमानत नै जफत गरेको छ ।
नेपाल मजदुर किसान पार्टीले सुशासन, पारदर्शिता, विकास निर्माणलगायत शिक्षा स्वास्थ्यमा उदाहरणीय काम गर्दै यसपालिको स्थानीय तहको निर्वाचनमा निकतटम प्रतिद्वन्द्वी तथा गठबन्धनका प्रत्यासी एवं कांग्रेसका उम्मेदवार राम कासुलाको समेत जमानत जफत गरेको छ ।
ठूला दलको समेत जमानत जफत
नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापतिले २९ हजार २ सय ५२ मत हासिल गर्दा कासुलाले ३ हजार ४ सय ७ मत मात्र प्राप्त गरे । कुल ४ हजार ३ सय ७४ मत खसकोमा कासुलाले १० प्रतिशत मत हासिल गर्न नसकेपछि जमानत जफत भएको हो । २०७४ सालको चुनावमा सुनिल प्रजापतिसँगै हारेका कासुलाले सोबेला ६ हजार ५ सय ६० मत ल्याई जमानत सुरक्षित गरेका थिए । तर, यसपालि नेकपा (एस)सँग गठबन्धन गर्दा पनि जमानत सुरक्षित गर्न सकेन । २०७४ मा नेमकिपाका सुनिल प्रजापतिले २५ हजार ७ सय ३० मत ल्याएका थिए ।
२०७४ सालमा ४ हजार २ सय १० मत ल्याएको एमालेको पनि ओरालो यात्रा तय हँुदा यसपालि मेयरका उम्मेदवार रविन्द्र लाछिमस्युले २ हजार ८ सय ४१ मतमा चित्त बुझाउनुप-यो । स्वतन्त्र उम्मेदवार सत्य त्वायनाले २ हजार ३ सय ९९ मत ल्याउँदा माओवादी केन्द्रका तुल्सी सुवालले ७ सय ६१ मा लज्जास्पद हार बेहोर्नुप-यो । माओवादी केन्द्रले २०७४ सालको स्थानीय चुनावमा २ हजार ३ सय १३ मत ल्याएको थियो । राप्रपाका बद्री लाखाले १ हजार ८१ सय ८ मत पनि २०७४ को भन्दा कम मत हो ।
भक्तपुरमा अरू सबै पार्टीको मत ओरालो लागि नेमकिपाले ९ गुणा मत ल्याउँदा भक्तपुरमा अब उप्रान्त निर्वाचनको आवश्यकता समाप्त भएको टिप्पणी सामाजिक सञ्जालमा गर्न थालिएको छ ।
लामो समयदेखि नेपाल मजदुर किसान पार्टीको गढका रूपमा रहेको भक्तपुर नगरमा योपटकको निर्वाचनमा पनि शतप्रतिशत जनप्रतिनिधि विजयी भई क्लिन स्वीप भएको छ ।
भक्तपुर नगरपालिका मात्र एक यस्तो पालिका हो जहाँ शतप्रतिशत एकै दलका उम्मेदवारले विजयी हासिल गरेका थिए र योपटक पनि निरन्तरता पायो ।
नेपाल मजदुर किसान पार्टीका रजनी जोशीले ९ गुणा मतसहित २९ हजार ७ सय ५९ का साथ उपमेयर दोहो¥याएका छन् । उनका निकतम प्रतिद्वन्द्वी एमालेका रञ्जना खर्बुजाले २ हजार ९ सय ८८ मा जमानत गुमाई चित्त बुझाइन् । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एस)का ओमचरण अमात्यलाई कांग्रेसले भोट नदिएको स्पष्ट भएको छ । उनले १ हजार ७ सय ७८ मत ल्याएका थिए ।
भक्तपुर नगरपालिका–१ र ३ मा नेमकिपालाई हराउने भन्दै माओवादी केन्द्र एमाले नेपाली कांग्रेसलगायतका दल एक ठाउँमा उभिएका थिए । तर, सो वडाहरूमा पनि नेमकिपाले विपक्षीको भन्दा तीन गुणा ज्यादा मत हासिल गरे ।-राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया