श्रावण ८, २०८२ बिहिबार July 24, 2025

मतगणना सकेर कतै शपथ, कतै मतपरिणामकै प्रतीक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्थानीय तह निर्वाचन सम्पन्न भएको आज आठौं दिन हो तर देशका सुविधा सम्पन्न स्थानीय तहको रूपमा चिनिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर र विराटनगरसहितका ठूला सहरका रूपमा चिनिएको महानगरहरूको अन्तिम मत परिणाम निर्वाचन सम्पन्न भएको ८औं दिनमा पनि आएको छैन ।

देशका ७५३ स्थानीय तहमा एकैपटक नयाँ नेतृत्व चयनका लागि वैशाख ३० गते भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ३५ हजार २२१ जना चुनिनेछन् ।

शुक्रवार राति अबेरसम्म ७५३ स्थानीय तहमध्ये ६७० स्थानीय तहको अन्तिम परिणाम आएको छ । तीमध्ये ८५ प्रतिशत बढी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ सम्पन्न गरी शुक्रवारबाटै जिम्मेवारीसमेत सम्हालेका छन् ।

परिणाम घोषणा हुन बाँकी स्थानीय तहका उम्मेदवार प्रतीक्षामै छन् । देशका ६ महानगर र ११ उपमहानगरमध्ये काठमाडौं, ललितपुर सहितका केहीमा मतगणना कछुवा गतिमा छ ।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा जनप्रतिनिधि रिक्त भइसकेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २२१ जनप्रतिनिधिको पदावधि शुक्रवारबाटै सकिएको हो । उनीहरूका स्थानमा जनप्रतिनिधि पूर्ति हुन अझै केही दिन लाग्ने देखिन्छ ।

२०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी ३ चरणमा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कानूनमा भएको व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ । आयोगले ती फरक–फरक मितिमा निर्वाचित जनप्रतिनिधिको पदावधि सकिने मिति जेठ ५ गतेलाई मान्दै आएको थियो ।

संविधानको धारा २१५ को उपधारा ६ मा भने गाउँपालिकार्को अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुने उल्लेख छ ।

धारा २१६ को उपधारा ६ मा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ भन्ने उल्लेख छ ।

संविधानका यी दुवै धारामा भएका व्यवस्थाअनुसार २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पदबाट बिदा भएका हुन् ।

आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रवार साँझसम्म करीब ९० प्रतिशत स्थानीय तहको अन्तिम परिणाम आएको र बाँकीमा पनि मतगणना छिटो सम्पन्न गर्न निर्देशन भएको जानकारी दिए ।

उनका अनुसार अछामको साँफेबगर नगरपालिकामा शुक्रवार मात्रै मतदान भएको छ । बाजुराको बूढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना शुरू गर्ने विषयमा विवाद हुँदा अझै पनि गणना शुरू हुन सकेको छैन ।

कानूनअनुसार निर्वाचित भएपछि स्थानीय तहका प्रमुख र अध्यक्षले जिल्ला न्यायाधीशबाट शपथ गर्ने व्यवस्था छ । त्यसपछि स्थानीय तहका प्रमुखले उपप्रमुखसहित सदस्यहरूलाई तथा र अध्यक्षले उपाध्यक्षसहित सबै निर्वाचित सदस्यहरूलाई शपथ गराउनुपर्छ ।

काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जनशक्ति अभाव र सिमित स्थानका कारण मत गणनालाई सोचेजति तीव्र बनाउन नसकिएको बताए ।

‘मतगणनाको प्रक्रिया झन्झटिलो छ, ठाउँ सीमित छ, जनशक्ति कम छ, त्यसकारण मत गणनालाई सोचेजति तीव्रता दिन सकिएको छैन,’ काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत खतिवडाले भने ।

ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले पनि सीमित स्थान, गणकका लागि अवश्यक जनशक्तिको अभाव र दलका प्रतिनिधि वा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिलाई १/१ गरी मतपत्र देखाउनुपरेका कारण गणनामा ढिलाइ भएको बताउँदै आएका छन् ।

प्रमुख पदका उम्मेदवारको अन्तिम परिणाम आएपछि मात्र उनीहरूको शपथपछि अन्य निर्वाचित जनप्रतिनिधिहरूको शपथका लागि बाटो खुल्नेछ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार