श्रावण ८, २०८२ बिहिबार July 24, 2025

महानगर – नगरका मेयरको तलब भत्ता कति ? सेवा सुविधा कति पुग्यो (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन्। नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ। त्यसैले प्रत्येक प्रदेश सरकारले छुट्टाछुट्टै कानुन बनाएर स्थानीय तहका पदाधिकारीको सेवा सुविधा तोकेका छन्।

बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिका तथा उपमहानगरपालिका मेयरको मासिक तलब ४२ हजार तथा ४० हजार रूपैयाँ तोकेको छ। यसबोहक सञ्चार सुविधामा मेयरले मासिक ३ हजार तथा उपमेयरले २ हजार ५ सय रूपैयाँ पाउने गरेका छन्।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा गाउँपालिकाका सबै पदाधिकारीको सेवा सुविधा तथा भत्ता छुट्टाछुट्टै तोकिएको छ, जसअनुसार गाउँपालिकाको अध्यक्षको तलब सुविधा मासिक ३० हजार, उपाध्यक्षको २५ हजार, वडाध्यक्षको २० हजार, कार्यपालिका सदस्यको ६ हजार तथा सभाका सदस्यको मासिक ५ हजार रूपैयाँ कायम गरिएको छ।

यसैगरी गाउँपालिका अध्यक्षको सञ्चार सुविधा मासिक १ हजार ५ सय, दैनिक भ्रमण भत्ता दैनिक १ हजार ८ सय, विदेश भ्रमणमा गएको बेला दैनिक खर्च १ सय ५० रूपैयाँ कायम गरिएको छ। यसैगरी उपाध्यक्षको सञ्चार सुविधा मासिक १ हजार, दैनिक भ्रमण भत्ता १ हजार ६ सय, विदेश भ्रमण गर्दा दैनिक खर्च १ सय ४० रूपैयाँ कायम गरिएको छ।

यसैगरी वडाध्यक्षको सञ्चार सुविधा मासिक ८ सय, दैनिक भ्रमण भत्ता १ हजार ५ सय तथा विदेश भ्रमण गर्दा दैनिक खर्च १ सय २५ रूपैयाँ कायम गरिएको छ। कार्यपालिका सदस्य र सभा सदस्यको दैनिक भ्रमण भत्ता १ हजार ५ सय रूपैयाँ काम गरिएको छ। यसैगरी विदेश भ्रमणमा गएको बेला दैनिक १ सय २५ रूपैयाँ कायम गरिएको छ। सबै पदाधिकारीको यात्रा बिमा प्रतियात्रा १० लाख रूपैयाँ कायम गरिएको छ। यसैगरी बैठक भत्ता प्रतिबैठक ५ सय रूपैयाँ तोकिएको छ।

यसैगरी नगरपालिकाको हकमा नगर प्रमु्खको मासिक तलब ३५ हजार, उपप्रमुखको ३० हजार, वडाध्यक्षको २१ हजार, कार्यपालिका सदस्यको ७ हजार तथा सभाका सदस्यको ६ हजार रूपैयाँ कायम गरिएको छ। यसैगरी सञ्चार सुविधा नगरप्रमुखको मासिक २ हजार, उपप्रमुखको १ हजार ५ सय तथा वडाध्यक्षको १ हजार रूपैयाँ कायम गरिएको छ।

दैनिक भ्रमण भत्ता नगरप्रमुखको २ हजार, उपप्रमुखको १ हजार ८ सय तथा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यको १ हजार ६ सय कायम गरिएको छ। विदेश भ्रमणमा गएका बेला दैनिक खर्च नगर प्रमुखको दैनिक १ सय ५०, उपप्रमुखको १ सय ४०, तथा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सभा सदस्यको १ सय २५ रूपैयाँ कायम गरिएको छ। बैठक भत्ता प्रति बैठक ५ सय रूपैयाँ कायम गरिएको छ।

यसैगरी उपमहानगपालिकाको हकमा नगर प्रमुखको मासिक तलब ४० हजार, उपप्रमुखको ३५ हजार, वडाध्यक्षको २२ हजार, कार्यपालिका सदस्यको ७ हजार ५ सय तथा सभा सदस्यको ६ हजार ५ सय कायम गरिएको छ। सञ्चार सुविधामा नगरप्रमुखको मासिक २ हजार ५ सय, उपप्रमुखको १ हजार ५ सय तथा वडाध्यक्षको १ हजार रूपैयाँ कायम गरिएको छ।

दैनिक भ्रमण भत्तामा नगर प्रमुखको २ हजार, उपप्रमुखको १ हजार ८ सय, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सभा सदस्यको १ हजार ६ सय रूपैयाँ कायम गरिएको छ। विदेश भ्रमण गर्दा नगर प्रमुखको दैनिक १ सय ५०, उपप्रमुखको दैनिक १ सय ४०, कार्यपालिका सदस्य तथा सभा सदस्यको दैनिक १ सय २५ रूपैयाँ कायम गरिएको छ। सबै पदाधिकारीहरू दैनिक भ्रमण भत्ता ५ सय राखिएको छ।

महानगरपालिकाका नगर प्रमुखको मासिक तलब ४२ हजार, उपप्रमुखको ३७ हजार, वडाध्यक्षको २५ हजार, कार्यपालिका सदस्यको ८ हजार तथा सभा सदस्यको ७ हजार रूपैयाँ कायम गरिएको छ। सञ्चार सुविधामा नगर प्रमुखको मासिक ३ हजार, उपप्रमुखको १ हजार ५ सय तथा वडाध्यक्षको १ हजार रूपैयाँ कायम गरिएको छ।

दैनिक भ्रमण भत्ता नगर प्रमुखको २ हजार ५ सय, उपप्रमुखको २ हजार, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सभा सदस्यको १ हजार ६ सय रूपैयाँ कायम गरिएको छ। विदेश भ्रमणमा गएको बेला नगर प्रमुखको दैनिक खर्च १ सय ७५, उपप्रमुखको दैनिक खर्च १ सय ५० तथा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगर सदस्यको १ सय २५ रूपैयाँ कायम गरिएको छ। यसैगरी प्रतिबैठक ५ सय रूपैयाँ कायम गरिएको छ।

बागमती प्रदेश सरकारले स्थानीय तहका सबै पदाधिकारीहरूको यात्रा विमा गर्ने गरेको छ। जसअनुसार पदाधिकारीको प्रति यात्रा विमा १० लाख रूपैयाँ कायम गरिएको छ। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार