श्रावण ८, २०८२ बिहिबार July 24, 2025

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ।

यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ। सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरवलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले सचिवहरूको बैठक बोलाएका थिए।

उक्त बैठकमा सचिवहरूले स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यावहरिक देखिएको ब्रिफ्रिङ गरेका थिए। ‘खास गरी स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सातामा दुई दिन बिदा निर्णय अव्यावहारिक भएको गुनासो आएको छ,’ सामान्य प्रशासन मन्त्रालयका सचिव अधिकारीले भने, ‘दुई दिन बिदा दिने निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नहोस् भन्ने हाम्रो तयारी हो।’

यस निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नगर्न कर्मचारीलाई सट्टा बिदा दिने तयारी भएको पनि सचिव अधिकारीले बताए। ‘खानेपानी, विद्युत्, दूरसञ्चार, पासपोर्ट लगायत अत्यावश्यकीय सेवा प्रभावित नहोस् भनेर आइतबार पनि कार्यालय खुला राख्ने र त्यस दिन काम गर्ने कर्मचारीलाई सट्टा बिदा दिने तयारी भएको छ,’ उनले भने। सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा अर्को साता फेरि समीक्षा हुने उनले जानकारी दिए।

विकाससँग सम्बन्धित मन्त्रालयका अधिकारीहरूले सातामा दुई दिन बिदा दिने सरकारी निर्णयबाट विकास निर्माणका काम प्रभावित हुन सक्ने बताउँछन्। ‘सातामा दुई दिन बिदा दिने निर्णयका कारण सरकारी ठेक्कामार्फत भइरहेका नियमित विकास निर्माण तथा अनुगमनको काम प्रभावित हुने अवस्था छ,’ सहरी विकास मन्त्रालय मातहतका एक सहसचिवले भने, ‘गृह मन्त्रालयले भनेजस्तो निर्माणको काम अत्यावश्यकीय सेवाभित्र पर्दैन। त्यसैले आइतबार सरकारी गाडी चलाउन सकिन्न। यसबाट निर्माणको काम प्रभावित हुने अवस्था छ।’

सरकारको यो निर्णय आइतबार दोस्रोपटक लागु हुँदैछ। अघिल्लो आइतबार जेठ १ गतेबाट यो निर्णय लागु भएको थियो। सोमबार (जेठ २ गते) सार्वजनिक बिदा थियो। मंगलबारदेखि शुक्रबारसम्म सरकारी कार्यालय खुले। यी चार दिन बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय खुला राख्ने र कर्मचारी कार्यालयमै बस्ने सरकारको निर्णय आंशिक रूपमा मात्र लागु भयो। अधिकांश सरकारी कार्यालयहरूमा कर्मचारीहरू बिहान १० बजे पुगेर साँझ ५ बजे फर्किएका थिए। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार