श्रावण ८, २०८२ बिहिबार July 24, 2025

पेट्रोलियमको मूल्य बढेको बढ्यै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सातामा नै दुईपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो। ग्यास, पेट्रोल, इन्धन र मट्टीतेलको भाउ बढ्दा त्यसको चौतर्फी असर देखिन थालेको छ। यसको मूल्य वृद्धिले भान्सादेखि ढुवानी सामान बढ्दा सर्वसाधारणको जीवनस्तर प्रभावित बन्न पुगेको उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णुप्रसाद मैनाली बताउँछन्। ग्यासको मूल्य बढेसँगै यसले सर्वसाधारणलाई प्रत्यक्ष मार परेको उनको भनाइ छ।

‘भान्सा महँगियो, ग्यास बढ्दा होटलमा खाँदा, गाडी चढ्दा पनि महँगीको मार नै खेप्नुपर्‍यो’ मैनालीले भने। आइतबार रातिदेखि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ, डिजेल र मट्टीतेलको १ सय ६३ रुपैयाँ प्रतिलिटरमा उपभोक्ताले खरिद गर्नुपरेको छ। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय बढाएर १ हजार ८ सय रुपैयाँ पुर्‍याइएको छ। नेपाल आयल निगमले चालू आर्थिक वर्षको ९ महिनामा ११ पटक गरी ७८ रुपैयाँ मूल्य बढाएको हो।

गत असारसम्म पेट्रोल प्रतिलिटर १ सय २, डिजेल र मट्टीतेल ८८, ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ पर्ने गरे पनि अहिले ह्वातै मूल्य बढ्दा उपभोक्ता आजित छन्। अधिकांशको घरमा ग्यास पुगेको छ। मोटरसाइकल चढ्ने उपभोक्ता धेरै छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सबै क्षेत्रमा महँगी बढ्ने भएकाले जीवन धान्न धौधौ भएको सर्वसाधारणले बताउन थालेका छन्। काठमाडौंलगायत मुख्य सहरमा बस्ने उपभोक्ताहरू बढी मारमा छन्।

दिनभर काम गरेर खान लाउनसमेत नपुग्ने अवस्था आएपछि रोल्पाका एक मजदुर रिना डाँगी गाउँ फर्कने योजना बनाउन थालेको बताउँछिन्। ‘कमाइभन्दा खर्च बढी हुन थालेपछि यहाँ बस्नुको उपयुक्त देखिँदैन’, उनले भनिन्, ‘अब गाउँ फर्केर व्यवसाय गर्ने योजना बनाएकी छु।’ पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण भान्साका साथै दैनिक जीवन नै प्रभावित बन्न पुगेपछि काठमाडौंमा टिक्न गाह्रो देखिएको उनको अनुभव छ।

रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेसँगै निगमले पनि भाउ बढाएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। तर, निगम तथा सरकारले मनलाग्दी मूल्य बढाएको मञ्चका सचिव मैनाली बताउँछन्। सरकारले आफैंले लागू गरेको नियमविपरीत मूल्य बढेको साता दिनमै १० रुपैयाँ बढाएको छ। ‘सरकारले स्वचालित मूल्य प्रणाली लागू गर्ने प्रतिबद्धता जनाए पनि त्यसो गरेको छैन’, मैनाली भन्छन्, ‘१५ दिन नकुरी सातादिनमै मूल्य बढाउनु गैरकानुनी हो।’

पेट्रोलको मूल्य वृद्धिका कारण व्यापारघाटा उच्च हुनुका साथै विदेशी मुद्रा सञ्चितिमा कमी आउने देखिएको छ। तर, सरकारले कर घटाउन चासो देखाएको छैन। निगमले इन्डियन आयल निगमबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा कर लगाएको छ। १ सय ३४ रुपैयाँ ५४ पैसामा खरिद गरिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा सरकारले कर लगाउँछ। यसका साथै ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बिमा खर्च, प्राविधिक नोक्सानी, विक्रेता कमिसनका नाममा ३९ रुपैयाँ ८१ रुपैयाँ शुल्क लिने गरिएको छ। आजको अन्नपुर्णपोष्ट दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार