काठमाडौंः मन्त्रीपरिषद् बैठकले सरकारको आगामी वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम पारित गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिनुभयो ।
मन्त्री रेग्मीकाअनुसार मङ्गलबार विहान बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे बस्ने संसद बैठकमा पेश हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुने कार्यक्रम रहेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट आउँदैछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया