श्रावण ८, २०८२ बिहिबार July 24, 2025

देउवा प्रधानमन्त्री बन्ने अझै २ अवसरः किरियापुत्री घर मासेर प्रधानमन्त्री निवास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तन्त्रमन्त्र र ज्योतिष विद्यामा बढी नै विश्वास गर्ने शेरबहादुर देउवाले तिनैको सल्लाहमा लागेर प्रधानमन्त्री निवास अगाडिदेखि सडक अवरुद्ध गरी ढलको काम गराउन थाल्नुभएको छ ।

बाल्टिन बाबाहरूले दिएको ७ चोटि प्रधानमन्त्री बन्ने अरु २ अवसर बाँकी नै रहेको भन्दै पहिले किरियापुत्री बस्ने घर मासेर बनाइएको ढल अन्ततिर फर्काउन खोज्दा प्रधानन्यायाधीश निवास हुँदै लाजिम्पाट निस्किने सर्वसाधारण सवारीवालाले महिना दिनदेखि दुःख पाइरहेका छन् ।

राजधानीको बालुवाटार आजभन्दा झण्डै पाँच दशकदेखि राष्ट्रिय राजनीतिको केन्द्रमा छ । प्रधानमन्त्री, सभामुख (हाल राष्ट्रिय सभा अध्यक्ष) र प्रधानन्यायाधीशको सरकारी निवासको निर्माणपश्चात् उक्त ठाउँले तत्कालीन समयमा राजदरबार र सिंहदरबारपछि छुट्टै महत्व बोक्न थालेको हो । ०४६ सालको परिवर्तनपछि त्यो महत्वमा निकै बढोत्तरी आयो । ०६३ पछि सिंहदरबारलाई नै ओझेलमा पार्ने गरी बालुवाटारको चर्चा हुन थाल्यो ।

पछिल्ला वर्ष प्रधानमन्त्रीहरूले सिंहदरबारबाट गर्नुपर्ने ९० प्रतिशतभन्दा बढी काम यहींबाट गर्न थालेका छन् । ०७२ सालको भूकम्पले हल्लाएपछि प्रधानमन्त्री निवासभित्रको मुख्य भवनलाई आधुनिक बनाइएको छ । अन्य संरचनासँगै मुख्य सचिवको आवास पनि त्यहीभित्र बनाई त्यसलाई केपी ओलीको पालादेखि प्रधानमन्त्रीद्वारा कब्जा गरिएको छ ।

केपी ओलीले शिलान्यास गर्नुभएको प्रधानमन्त्री निवासको सुविधासम्पन्न भवनको उद्घाटन र पहिलो प्रयोग गत हिउँददेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न थाल्नुभएको छ । दुई वर्षमा निर्माण सम्पन्न तीनतले भवनमा आधुनिक सबै सुविधा उपलब्ध छ । सुरक्षाको दृष्टिले पहिलो तलामा बंकर बनाइएको छ । सुरक्षा खतरा भएको बेला प्रधानमन्त्री र उनका परिवारको सुरक्षार्थ त्यो बनाइएको हो ।

तीनकुनेको कन्टेक प्राइभेट लिमिटेडले निर्माण गरेको दुई वटा भवनले १३ हजार वर्गमिटर क्षेत्रफल ओगटेको छ । २२ कोठाको प्रधानमन्त्री निवासमा जिम हल, योगा हल र पूजा कोठासमेत छन् । ३३ करोड ८० लाख नेपाली रूपैयाँमा बनाइएका भवनमा ज्योतिषले वास्तु नमिलेको भनेपछि केही सातादेखि प्रधानन्यायाधीशको निवासभन्दा पछाडिदेखि सडक बन्द गरेर ढलको नयाँ पाइप बिच्छाइएको छ ।

प्रधानमन्त्री निवासको १ नम्बर गेट भएको ठाउँबाट पहिले सानो खोल्सा बग्थ्यो । प्रधानमन्त्रीनिवास बन्नुअघि उक्त खोल्सोको महान शिवपुरी स्कूलदेखि दक्षिणको पाखोसम्म थियो । पछिसम्म पनि बर्खामा तर्न नसक्ने पानी बग्ने उक्त खोल्सोलाई पुरेर प्रधानमन्त्री निवास बनाइएको स्थानीय बताउँछन् । त्यही नजिकैका एक जना स्थानीय महर्जनले भने, ‘अहिले १ नम्बर गेट भएको ठाउँमा पहिले किरियापुत्री बस्ने भवन थियो ।

यो एरियाका मानिसलाई किरिया बस्ने पाटी नै बनाइएको थियो । तर पछि ती सबै मासिए ।’ आवादी बढ्दै गएपछि पहिले पानी बग्ने खोल्सोमा पछि मलमूत्र बग्न थालेको हो । त्यही मलमूत्रलाई प्रधानमन्त्री निवास अघिल्तिरको आंगनबाटै ढल हालेर दक्षिणतर्फ पर्खाल बाहिर लेगी छाडियो । बखामा आउने ठूलो भेल पनि त्यही ढल भएर बग्थ्यो । त्यो ढल कम्पाउण्ड बाहिर पुगेपछि खोल्सोमा परिणत भएर अहिले एनआरएन भवन र भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर रहेको ठाउँ हुँदै लाजिम्पाटको नील सरस्वती थान नजिकै टुकुचामा मिसिन्छ ।

उक्त ढललाई कम्पाउण्डबाट बाहिर लैजान ज्योतिषले सल्लाह दिएपछि प्रधानमन्त्री निवासको ढललाई समेत १ नम्बर गेटबाट बाहिर निकालिएको छ । ढललाई प्रधानन्यायाधीशको क्वार्टर हुँदै दक्षिणमा खोलिएको नयाँ बाटोबाट मुख्य सचिवको निम्ति बनाइएको भवन नजिकै पुऱ्याउन खोजिएको छ । त्यहाँ पुगेपछि उक्त ढललाई फेरि खुला छाड्ने योजना बनाइएको वडा नम्बर ४ का एक जना कर्मचारीले बताए ।

प्रधानमन्त्री निवासको मुख्य भवनको आँगनमुन्तिरबाट बाहिरको ढलसमेत बगेर जाँदा वास्तु खल्बलिएको ज्योतिषको भनाइ छ । अहिले त्यही ढललाई मोडेर पश्चिम हुँदै दक्षिणतर्फ लैजान एक करोड रुपैयाँभन्दा बढी खर्च गरिएको छ । जनआस्था साप्ताहिकबाट साभार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार