श्रावण ८, २०८२ बिहिबार July 24, 2025

पाठ्यपुस्तक छपाइ ढिलाइप्रति संसदीय समितिको चासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शैक्षिक सत्र सुरु भएर पठनपाठन अघि बढ्दा पनि पाठ्यपुस्तक छपाइ नसकिएपछि संसदीय समितिले चासो देखाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अधिकारीलाई बोलाएर यस विषयमा जवाफ मागेको हो ।

समितिले पुस्तक छपाइमा भइरहेको ढिलाइप्रति जवाफ मागेपछि केन्द्रका अधिकारीले भने स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको भन्दै पन्छिने प्रयास गरेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समितिको बुधबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपरेको भएकाले र रुस–युक्रेन युद्धका कारण कागज आउन ढिला हुँदा छपाइको काम प्रभावित भएको जनाएका छन् । समितिको बैठकमा उनले गत १० चैतसम्म आइपुग्नुपर्ने कागज अहिले मात्रै आएको जनाएका छन् । कागज आउन ढिलाइ भएकाले असार पहिलो सातासम्म छपाइ सकिने पनि उनको भनाइ छ ।

झाले २ करोड पुस्तक छाप्नुपर्नेमध्ये करिब ३५ लाख मात्रै पाठ्यपुस्तक छाप्न बाँकी रहेको बताएका छन् । छापिएका पाठ्यपुस्तक ९ जेठदेखि देशभरका नौवटा डिपोबाट वितरण थालिएको र दुर्गम हिमाली र पहाडी जिल्लाका विद्यार्थीलाई प्राथमिकता दिएर वितरण कार्य भइरहेको उनको भनाइ छ । छाप्न बाँकी पाठ्यपुस्तक प्रज्ञा प्रतिष्ठानको छापाखानामा पनि छपाइ गर्ने तयारी भएको उनको भनाइ थियो । -राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
२०८२ श्रावण ८, बिहिबार
विदेशी मुद्राको आजको विनिमय दर : डलर १३८, युरो १६२, पाउण्ड १८७
२०८२ श्रावण ८, बिहिबार
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
कम्पनी रजिस्टार कार्यालयमा खुलेआम घुस
२०८२ श्रावण ८, बिहिबार
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार