श्रावण ८, २०८२ बिहिबार July 24, 2025

महानगरबासीका ‘बाहुबली’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौं महानगरपालिका बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले।

‘यो कुनै सिनेमा थिएन तर प्रत्येक पल युद्ध जितेजस्तै भइरहेको थियो,’ बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको बुढी औंलाको चिनो देखाउँदै बराइलीले भने, ‘यतिबेला बालेन्द्र मेरो सपना पुरा गर्ने बाहुबली बनेका छन्।’

हिन्दी चलचित्र ‘बाहुबली’ मा आफ्नो पहिचान खोज्दै आएका अमरेन्द्र बाहवलीले नयाँ साम्राज्य निर्माण गरेजस्तै पहिचानकै खोजीमा निस्केका बालेन्द्र साहले समानताको नयाँ महानगरपालिका रचना गर्ने उनको विश्वास छ। बराइली मात्र होइन, बहुमत महानगरवासीको विश्वासलाई साकार बनाउँदै स्वतन्त्र उम्मेदवार बालेन्द्र काठमाडौं महानगरको मेयरमा चुनिएका छन् ।

कुल खसेको १ लाख ९१ हजार १ सय २५ मतमध्ये ६१ हजार ७६७ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन् ।

त्यस्तै एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। -नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
२०८२ श्रावण ८, बिहिबार
विदेशी मुद्राको आजको विनिमय दर : डलर १३८, युरो १६२, पाउण्ड १८७
२०८२ श्रावण ८, बिहिबार
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
कम्पनी रजिस्टार कार्यालयमा खुलेआम घुस
२०८२ श्रावण ८, बिहिबार
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार