श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

जडीबुटी खेती प्रवर्द्धन र जडीबुटीको निर्यातमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले मुलुकको व्यापार खाटा कम गर्ने लक्ष्यका साथ जडीबुटी खेती प्रवर्द्धन र जडीबुटीको निर्यातमा जोड दिएको छ।

आर्थिक वर्ष २०७९\०८० को बजेट मार्फत सरकारको स्वीकृतिमा औषधिजन्य जडीबुटीको खेती, प्रशोधन एवं निर्यातलाई प्राथमिकता दिएको हो । संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जडीबुटी खेती र निर्यातको व्यवस्था मिलाइएको बताए ।

जडीबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेश स्तरमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिने बजेट वक्तव्यमा उल्लेख छ

‘सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडीबुटीको खेती गरी प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था मिलाइने, पहाडी र हिमाली क्षेत्रमा पाइने बहुमूल्य एवं बहुउपयोगी जडीबुटीहरूको प्रशोधन उद्योगलाई प्रोत्साहन दिइनेछ,’ अर्थमन्त्री शर्माले भने । कारोबार दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया