श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

अर्बौं रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौं रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् ।

नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ।

‘नेपालमा खर्बका कपडाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन गरी एक खर्बको मात्र रहेकोले वैधानिक आपूर्ति ५ खर्ब न्यूनीकरण भएको देखिन्छ, ‘संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘भारतसँगको खुला सिमानाले गर्दा सीमावर्ती बजारमा नेपाली उपभोक्ताको सहज पहुँचले ठूलो परिमाणमा कपडा आउने गरेको छ भने चोरी पैठारी तथा न्यून बिजकीकरणका कारण पाँच खर्वको कपडा आयातको कुनै हिसाब नै छैन।’

संघका अनुसार मुलुकभित्र सञ्चालित उद्योगबाट उत्पादित र भन्सार नाकाबाट आधिकारिक रूपमा आयात भएको कपडाको हिस्सा १५ प्रतिशत रहेको छ भने बाँकी ८५ प्रतिशत कपडा सीमावर्ती भारतीय बजारबाट अनधिकृत रूपमा भित्रिरहेको छ। कारोबार दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया