काठमाडौंः प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन । ‘अहङ्कारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्’ भनेका छन् ।
सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुने हल्ला मात्रै भएको बताएका हुन् ।
अहिले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको नेपालको भनाइ थियो।
‘अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरू फौलाइरहेका छन् । हामी कम्तीमा केही महिनापछि हुने प्रतिनिधिसभासम्मको निर्वाचनसम्म गठबन्धन तोड्न दिनेछैनौँ,’ अध्यक्ष नेपालले भने ‘हामीमा कुनै पदको लालसा छैन।’ -नेपाल समाचारपत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया