श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

कम गुणस्तरको बिजुलीले उद्योगलाई सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मुख्य औद्योगिक कोरिडोर बारा–पर्साका उद्योगहरू कम गुणस्तरीय बिजुलीको मारमा परेका छन् । केही वर्ष लोडशेडिङबाट मुक्ति पाएका यहाँका उद्योग अहिले अघोषित लोडशेडिङ र ट्रिपिङको समस्या झेलिरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले बारा र पर्साका उद्योगमा लोडशेडिङ नभएको बताएको छ । तर, विनासूचना घण्टौं विद्युत् आपूर्ति बन्द हुने गरेको उद्योगी बताउँछन् । पटकपटक हुने ट्रिपिङका कारण उद्योगको कच्चा पदार्थ खेर जाने र गुणस्तरमा समस्या देखिएको उद्योगीहरूको गुनासो छ ।

कोरिडोरका फलाम, कपडा, औषधि र भट्टीमा आधारित उद्योेगहरू बढी प्रभावित भएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए । ‘उद्योग चलिरहेको बेला अचानक बत्ती जाँदा प्रोसेसमा रहेको कच्चा पदार्थ खेर जाने र उत्पादनको गुणस्तरसमेत घट्ने हुन्छ । बारम्बार विद्युत् जाँदा उद्योगका उपकरण बिग्रिनुका साथै विद्युत् पनि बढी खर्च हुन्छ,’ अर्का एक उद्योगीले भने ।

वीरगञ्ज–परवानीपुर प्रसारण लाइनको क्षमता कमजोर भएकाले विद्युत्को माग बढी भएका बेला ट्रिपिङ बढी भइरहेको प्राधिकरणले बताएको छ । आर्थिक अभियानबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा यू-१६ युथ लिग : मनाङसँग हिमालयन शेर्पा ४-२ ले पराजित
२०८२ श्रावण ९, शुक्रबार
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार