काठमाडौंः नेपाल राष्ट्र बैंकले आज सोमबार फेरि २१ अर्ब नौ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
यसअघि यही जेठ १६ गते पनि राष्ट्र बैंकले २३ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति जेठ २४ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।
बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः ९१ दिने अवधिको चार अर्ब २६ करोड, एक सय ८२ दिने ट्रेजरी बिलको परिपक्व हुने अवधि १० अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैयाँबराबरको रहेको छ ।
जसमध्ये ९१ दिनेको २०७९ भदौ २१ गते, एक सय ८२ दिने ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७९ मंसिर २० गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०८० जेठ २३ गते तोकिएका छन् ।
राष्ट्र बैंकका अनुसार बिक्री गरिने यी ट्रेजरीहरुमा पुरानो नवीकरणअन्तर्गत १६ अर्ब नौ करोड र नयाँमा पाँच अर्ब रुपैैयाँको रहेको छ ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको तीन अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया