श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

डेढ हप्ताभित्र भारतबाट मल आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित गराएका छन् । भारत भ्रमणमा रहेका कृषिमन्त्री यादवले सोमबार त्यहाँका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी सम्हालेका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री मनसुख एल. मण्डावियासँगको छलफलबाट सो सुनिश्चित गराएका हुन् ।

भारतसँग यसअघि नै जीटुजी (सकारदेखि सरकार) प्रणालीबाट नेपालले मल खरिद गर्ने भनी सम्झौता गरिसकेको छ । पाँच वर्षका लागि भएको सम्झौताअनुसार पहिलो वर्ष एक लाख ५० हजार मेट्रिक टन मल दिने सम्झौतामा उल्लेख छ । सम्झौता भए पनि भारतबाट मल आउनमा ढिलाइ भइरहेको थियो ।

देशमा मलको हाहाकार भइरहेका बेला भारतसँग मलका लागि नेपालले पटकपटक छलफल गरेको थियो तर सम्झौताअनुसार मल आइरहेको थिएन । मल आउन ढिलो भएका कारण समस्या बढ्दै गएपछि कृषिमन्त्री यादव मलको विषयमा कुरा गर्नका लागि आफै भारत गए ।

सोही क्रममा उनले रसायन एवं उर्वरकमन्त्री मण्डावियासँग छलफल गरेपछि मल आउन सुनिश्चित भएको हो । कृषिमन्त्री यादवले अबको एक/डेढ हप्ताभित्र भारतबाट मल आउन सुरु हुने बताए । -गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा यू-१६ युथ लिग : मनाङसँग हिमालयन शेर्पा ४-२ ले पराजित
२०८२ श्रावण ९, शुक्रबार
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार