श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

अमेरिका भ्रमणको गुप्त तयारी !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी उच्च तहमा र अति गोप्य तवरमा भइरहेको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार कुनै अप्रत्याशित अवरोध नभए प्रधानमन्त्री देउवाबाट आगामी असारमा संयुक्त राज्य अमेरिकाको विशेष भ्रमण हुँदैछ । तर प्रधानमन्त्रीको भ्रमणबारे अहिलेसम्म परराष्ट्र मन्त्रालय जानकार छैन । परराष्ट्र मन्त्रालयलाई समेत समयमै जानकारी नदिएर ‘अति उच्च तहमा’ प्रधानमन्त्रीको भ्रमण तयारी भइरहेको छ । यस सम्बन्धमा परराष्ट्रका उच्चाधिकारीहरूसँग सम्पर्क गर्दा उनीहरूले अति उच्च तहमा कुरा भइरहेकोले यसबारे आफूहरू अहिलेसम्म जानकार नभएको बताए ।

प्रधानमन्त्री देउवा मात्र नभइ प्रधानसेनापति पनि अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनको भ्रमणलाई पनि गुप्त राख्ने प्रयास गरिएको छ । प्रधानमन्त्री र प्रधानसेनापति एक साथ अमेरिका भ्रमणमा जाँदैछन् या अलग–अलग भन्ने पनि यकीन हुन सकेको छैन । तर नेपाली सेनापतिको अमेरिका भ्रमण हुने र, त्यसपश्चात अमेरिकी सेनापतिको पनि नेपाल भ्रमण हुने बताइएको छ ।

ज्ञातव्य छ, शेरबहादुर देउवाको नेतृत्वमा वामपन्थी गठबन्धनको सरकार गठन भएयता नेपालले खुलेर चीनको विरुद्ध, भारतसँग सन्तुलनको र अमेरिकासँग निकटतम सम्बन्ध राख्दै आएको छ । एमसीसी अनुमोदनपछि नेपालको वर्तमान सरकार र सत्ताप्रति अमेरिकी सहानुभूति निकै बढेको छ र, यसैसँग नेपालमा अमेरिकी गतिविधि पनि निकै नै बढेको छ ।

केही साताअघि मात्रै एक अमेरिकी सहायकमन्त्री भारत हुँदै नेपाल आएर सोझै तिब्बती शरणार्थी भेट्न बौद्ध पुगेकी थिइन् । भारतमा रहँदा उनले दलाई लामासँग भेटवार्ता गरेकी थिइन् । यस घटनाले उत्तरको छिमेकी राष्ट्रलाई कस्तो असर पारेको हुन सक्छ भन्नेबारे नेपालको सरकारी पक्ष बेसरोकार देखिन्छ ।

युक्रेन मामिलामा पनि नेपाल सरकारले सिधै युक्रेनको पक्ष लिएर आफू पश्चिमी मुलुकको पक्षमा उभिएको सन्देश दिएको छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई सामान्य ठानिएको छैन । यो भ्रमणपछि नेपाल थप अङ्कुशमा पर्ने आशङ्का कुटनीतिक क्षेत्रका जानकारहरूले गरेका छन् । घटना र बिचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा यू-१६ युथ लिग : मनाङसँग हिमालयन शेर्पा ४-२ ले पराजित
२०८२ श्रावण ९, शुक्रबार
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार