श्रावण १, २०८२ बिहिबार July 17, 2025

नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जिउ धनको सुरक्षा गर्ने कार्य सरकारले पहिलो प्राथमिकता राखेको बताएका छन्।

चितवन कुरिनटारमा आज शनिबार विपद् व्यवस्थापन तालिम शिक्षालयको गोताखोर तालिमको समापन कार्यक्रममा बोल्दै उनले बेमौसमी वर्षाबाट ठुलो धन जनको क्षति हुने देशमा गोताखोर आवश्यक रहेको बताएका हुन ।

उनले हराएका मानिसहरूको उद्धारको लागि बंगलादेशबाट समेत गोताखोर ल्याउनुपर्ने भएकाले अहिले नेपालमै योग्य गोताखोर हुनु खुसीको कुरा भएको बताए।

यो वर्ष गत वर्षभन्दा धेरै वर्षा हुने आङ्कलन भएकाले त्यसबाट हुने क्षतिप्रति सबै सजग हुन आवश्यक रहेको बताए। उनले शान्ति सुरक्षा र सीमाको रक्षा गर्दै विपद्बाट बचाउनु सुरक्षाकर्मीको दायित्व भएको बताए।

उनले चितवन धादिङ, तनहुँ र कास्कीका प्रजिअलाई पहिरोले बर्सेनि हुने जनधनको क्षतिमा मिलेर काम गर्ने आग्रह गरे। उनले यसका लागि आवश्यक मेसिन र जनशक्ति र बजेटको व्यवस्थापनका लागि गृह मन्त्रालयले समन्वय गर्ने समेत बताए।

विपद् सम्बन्धी तालिम पनि आवश्यक भएको भन्दै विपद् सम्बन्धी तालिम लिएकै हुनुपर्नेमा उनले जोड दिए। मुग्लिङ नारायणघाटको बाटो ४ लेनको बनाउँदा पहाड बढी काटिएकाले बढी पहिरो जाने गरेको उनले बताए। विकास परियोजनाले प्राकृतिक विपद्को सामना कतिको गर्न सक्छ त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया