असार २६, २०८२ बिहिबार July 10, 2025

उपेन्द्र यादवले स्वेच्छाचारी शैलीमा अवैधानिक रूपमा पार्टीका नौ जनालाई पदमुक्त गरेको बाबुरामको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा संघीय परिषद अध्यक्षलगायत नौ जनालाई पदमुक्त गरेको आरोप लगाएका छन् ।
आज साँझ एक विज्ञप्ति जारी गर्दै भट्टराइले यस्तोआरोप लगाएका हुन् । उनले पदमुक्त गर्ने कारबाहीको घोर भत्र्सना गर्दै कारबाहीको निर्णय खारेज गर्नसमेत अपिल गरेका छन् । उनले अब पार्टी पुनर्गठनको विकल्प नरहेको पनि स्पष्ट पारेका छन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेता कार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौं ।’

जसपाको यादव पक्षको वीरगञ्जमा बसेको असार २९-३० सम्मको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराई लगायत नौ जनालाई कारबाही गरी पार्टीबाट निष्कासन गरेको थियो ।

पछिल्लो समय भट्टराई र यादवपक्षबीचको विवाद उत्कर्षमा पुगेको छ । भट्टराई पक्षले भने केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८–२९ गते सम्पन्न गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया