असार २६, २०८२ बिहिबार July 10, 2025

गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने एकीकृत समाजवादीको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको मंगलबार बसेको सचिवालयको ३२ औं बैठकले वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको हो ।

बैठकले अन्य चार निर्णय गरेको छ । जसमा संगठन सुदृढीकरण अभियान अघि बढाउने, समाजवादबारे अवधारणा सम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे एक प्रस्ताव तयार गर्ने निर्णय गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया