असार २६, २०८२ बिहिबार July 10, 2025

कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । बुधबार सभापति देउवाले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतकमा रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि रिक्त भएको उक्त पदमा यादव र पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुखमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।

यसअघि उपसभामुखको जिम्मेवारी सम्हालिसकेकी यादवले पार्टीको कोषाध्यक्षको रुपमा रहेकी थिइन् भने विश्वकर्मा कांग्रेस केन्द्रीय सदस्य हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया