काठमाण्डौंः सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) स्वीकार नगर्ने कुराबारे छलफल भएको बताएका छन् ।
आइतबार काठमाडौंमा भएको विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थितिबारे बहस कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले तत्कालीन सरकारबाट एसपीपी सम्झौता भएको र त्यसलाई स्वीकार नगर्ने कुरा भएको बताए ।
अध्यक्ष नेपालले परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको समेत बताए । उनले भने, ‘परराष्ट्र र सुरक्षा नीति दुवैमा राष्ट्रिय सहमति आवश्यक छ ।’ उनले अहिले अमेरिका र चीनले हतियारको होडबाजी गरेको भन्दै त्यसले नेपाललाई पनि चिन्ता बढेको बताए । उनले हतियारको होडबाजी र युद्धले कुनैपनि समस्याको समाधान हुन नसक्ने पनि बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया