असार २६, २०८२ बिहिबार July 10, 2025

‘श्रमजीवी र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान निर्वाचन प्रणालीका कारण श्रमजीवी जनता र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल हुँदै गएको छ । गाउँपालिकाको अध्यक्षमा जित्नका लागि रु १० करोड बराबरको खर्च भएको विवरण सार्वजनिक भएको सन्दर्भ जोड्दै उहाँले सङ्घीय निर्वाचन जित्नका लागि अर्ब बराबरको खर्च हुने अवस्था देखिएको उहाँको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचन प्रणाली र शासकीय प्रणालीका कारण भ्रष्टाचार संस्थागत हुँदै गएकाले त्यसलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेको भए पनि त्यसविरुद्ध केही तत्वले जेहाद छेडेको र सङ्घीयता विरुद्ध उभिने धृष्टता गरेको देखिएको उहाँले बताउनुभयो । धेरै पैसा खर्च सकेन भने वा अनेकन तिकडम नगरे निर्वाचन जित्न नसक्ने अवस्था सिर्जना भएको अध्यक्ष दाहालको भनाइ छ ।

उहाँले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । उहाँले गठबन्धनभित्र पनि साझा मत बनाएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले जनतासँग जोडिएर विगतमा गरिएका राम्रा काम र वर्तमान सरकारमा रहेर गरेका जनपक्षीय कामबारे जानकारी गराउन पार्टीका सबै नेता तथा कार्यकर्ता प्रतिबद्ध भएर लाग्न अध्यक्ष दाहालले निर्देशन दिनुभयो ।

शिक्षा, स्वास्थ्य रोजगारी, विद्युतीकरणका सन्दर्भमा गरिएका प्रयास माओवादीकै योजनामा अगाडि बढेको जानकारी दिँदै उहाँले त्यसका बारेमा जनतालाई जानकारी गराउन आग्रह गर्नुभयो । विचार, आर्दश र योजनाका साथ आगामी सङ्घर्षमा जीत हासिल गर्नुपर्ने उहाँको भनाइ छ । विचार क्रान्तिकारी भएर मात्रै नहुने स्पष्ट पार्दै उहाँले सोही आधारमा सङ्गठन र जीवन व्यवहारमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले प्राप्त भएको परिवर्तनको रक्षा गर्दै थप उपलब्धीका लागि अगाडि बढ्न सक्छाँै वा सक्दैनौँ भन्ने विषय नै आजको प्रमुख आवश्यकता रहेको धारणा राख्नुभयो । कम्युनिष्ट आन्दोलन र आफ्नै पार्टीभित्र पनि विभिन्न खालका विचलन देखा परेको भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध निरन्तर लड्नुपर्नेमा अध्यक्ष प्रचण्डलेजोड दिनुभयो ।

विगतमा क्रान्तिकारी बन्ने प्रतिस्पर्धा हुने गरेको तथ्य पेश गर्दै उहाँले यतिबेला चरम व्यक्तिवाद हाबी हुन थालेको र त्यसविरुद्ध निरन्तर सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । सरलता, पारदर्शिता र निष्ठाको हिसाबले कर्माचार्य जीवन पर्यन्त क्रान्ति र पार्टीप्रति निष्ठाबान रहेको उहाँले स्मरण गर्नुभयो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले विचार, सिद्धान्त र दृष्टिकोणका आधारमा संस्थापक नेता कर्माचार्यले अबलम्बन गर्नुभएको आदर्शलाई पछ्याउनुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार