काठमाण्डौः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच सोमबार साँझ सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
केही समययता माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीचमा समाजवादी केन्द्र बनाउनेबारे छलफल भइरहेको नेताहरुले दाबी गर्दै आएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया