असार २६, २०८२ बिहिबार July 10, 2025

विचार मिल्नेहरूसँग तालमेल र गठबन्धन हुनुपर्छ: नेता कोइराला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसलाई सही बाटोमा हिँडाउन आफूहरू लडिरहेको बताउनुभएको छ ।

४० औँ बिपी स्मृति दिवसको अवसरमा आज वीरगञ्जको टाउन हलमा नेपाली काँग्रेस वीरगञ्ज महानगर समितिको आयोजनामा पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रमको उद्घाटन गर्दै नेता कोइरालाले नेतृत्वले गलत गर्दा चुप लागेर बस्यो भने सङ्गठन छिन्नभिन्न हुने बताउनुभयो ।

डा.कोइरालाले पार्टीलाई विधान सम्मत ढंगले हिँडाउनुपर्ने कुरामा जोड दिँदै काँग्रेसको विधानलाई टेकेर अगाडि बढ्न नेतृत्वलाई आफूहरूले पटक पटक आग्रह गरेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा विचार मिल्नेहरूसँग तालमेल र गठबन्धन हुनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाली काँग्रेसको विचार र सिद्धान्तलाई टोल टोलमा पुर्‍याएर आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउनुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाली कांग्रेस वीरगञ्ज महानगर समितिका सभापति मणिन्द्र लाल नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पूर्व मन्त्री सुरेन्द्र चौधरी, नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, पूर्व सभापति अजय द्विवेदी, राजेन्द्र बहादुर अमात्य, पर्साका चार वटा क्षेत्रका क्षेत्रिय सभापतिहरू, वीरगञ्ज महानगरपालिकाकी पूर्व नगर उपप्रमुख शान्ति कार्की लगायतको सहभागिता रहेको थियो ।

त्यसअघि आज काँग्रेस नेता डा.शेखर कोइराला, उपसभापति धनराज गुरुङ सहितका टोलीले वीरगञ्जको गणेशमान चोकमा रहेको गणेशमान सिंहको शालिक, सहिद तेज बहादुर अमात्य, थिर बम मल्ल, मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सम्मानमा सहिदहरूको सालिकमै पुगेर माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार