असार २६, २०८२ बिहिबार July 10, 2025

आगामी चुनावसम्म गठबन्धन कायमै रहन्छ: अध्यक्ष नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनसम्म वर्तमान सत्ता गठबन्धन कायमै रहने बताउनुभएको छ ।

४४ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले आज पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उहाँले प्रतिगमन रोक्न, संविधान र सङ्घीयता जोगाउन पाँच दलीय गठबन्धन बनाएर चुनावमा जानुपरेको बताउनुभयो ।

अध्यक्ष नेपालले निर्वाचनमा दलबीच सिटको बाँडफाँट भने सम्मानजनक हुनुपर्नेमा जोड दिनुभयो ।

कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता र जनजीविकाको झन्डालाई बुलन्द पार्न पुष्पलालका अनुयायीले उहाँबाट प्रेरणा प्राप्त गर्दै अघि बढ्न सक्नुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य हरिबहादुर चुमान, अधिवक्ता तिलक पराजुली लगायतले नेपाली राजनीतिलाई उलटपुलट गर्ने पुष्पलालका विचारलाई परिवर्तनका अभियन्ताले आत्मसात् गर्नुपर्ने र योगदान कहिल्यै बिर्सन नहुनेमा जोड दिनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार