असार २७, २०८२ शुक्रबार July 11, 2025

प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय समितिद्वारा पदभार ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय कार्यसमितिले प्रमाणपत्र तथा पदभार ग्रहण ग्रहण गरेको छ ।

नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले नव निर्वाचित पदाधिकारी खादा ओढाएर सम्मान गरेका हुन् । महतले प्रमाणपत्र प्रदान गर्दै आपसी प्रतिस्पर्धालाई विचारको लडाई नभएर प्रतिस्पर्धाको लडाइँको रूपमा लिन आग्रह गरेका थिए ।

अहिलेको अवस्थामा सबै एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष बद्री सिग्देल, अनिता बिन्दु, प्रेस युनियनका संस्थापक रमेश तुफान, निवर्तमान उपाध्यक्षलगायतले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना तथा बधाई दिएका थिए ।

निवर्तमान अध्यक्ष बद्री सिग्देलले नवनिर्वाचित अध्यक्षलाई पद हस्तान्तरण गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया