असार २६, २०८२ बिहिबार July 10, 2025

पहिलो पटक उत्पादन वृद्धि गर्ने बजेट ल्याइएको छः अध्यक्ष दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नै पहिलो पटक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर किसानलक्षित बजेट प्रस्तुत गरिएको बताउनुभएको छ ।

पार्टी सम्वद्ध सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा उहाँले माओवादीले नै किसानलक्षित बजेट प्रस्तुत गरिएका कारण प्रतिक्रियावादी, बुर्जुवा र जनविरोधी तत्त्व सलबलाएर हुने/नहुने आरोप लगाएको बताउनुभयो ।

अध्यक्ष दाहालले माओवादीमाथि अनेकन् आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीबिना मुलुकको विकास समेत सम्भव नभएको बताउनुभयो ।

आगामी तीन महिना माओवादीका लागि अझै चुनौतीपूर्ण रहेको भन्दै उहाँले सङ्घीय र प्रदेश सभाको निर्वाचनमा श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी पास गराउन र एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन पनि माओवादीकै कारण सम्भव भएको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया