असार २७, २०८२ शुक्रबार July 11, 2025

पुनः अर्थमन्त्रीमा नियुक्त हुँदै जनार्दन शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालका अनुसार नेता शर्मा पुनः अर्थमन्त्री हुनु हुनेछ ।

नेता शर्माले अर्थमन्त्रीबाट राजीनामा दिने क्रममा पार्टीले उहाँ निर्दाेष ठहर भएमा पुनः मन्त्रीमा पठाउने निर्णयअनुसार नै अब फेरि शर्मा मन्त्री बन्न लाग्नुभएको हो ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले यसअघि गोरखापत्र अनलाइनलाई सोही विषयमा जानकारी दिनुभएको थियाे।

नेता शर्मा यसअघि पनि अर्थमन्त्री भइसक्नुभएको छ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

सोही प्रयोजनका लागि संसदीय छानबिन समिति गठन भई समितिको प्रतिवेदनले उहाँलाई निर्दोष सावित गरेपछि पुनः अर्थमन्त्री बन्ने सम्भावना बढेको हो ।

पार्टीको निर्णय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेपछि आजै मन्त्री नियुक्त भई शपथग्रहण हुने सम्भावना छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया