असार २६, २०८२ बिहिबार July 10, 2025

गृहमन्त्री खाण र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गर्नुभएको छ ।

पौडेलको निवास बोहोराटारमा भएको उक्त भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिनुभयो ।

गहृमन्त्री खाणले भन्नुभयो, ‘‘मुलुकको सुमसामयिक राजनीतिक र पार्टीको सङ्गठन सुदृढीकरण र क्रियाशील बनाउनेबारे कुराकानी भयो ।’’

कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया