काठमाण्डौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसअन्तर्गत रहेका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तरूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशील सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भ्रातृ संगठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
संसदमा चलिरहेको जल्दाबल्दा विषय वस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने बताउदैँ उहाँले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको समेत बताउनुभयो ।
काठमाडौं महानगरपालिका वडा–८ का अध्यक्ष आशामान संगतले फोहोरमाथि महानगरभित्रै राजनीति भइरहेको र सरकारले नै फोहोर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्छ भन्नुभयो ।
बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले भन्नुभयो, ‘‘नेतृत्वले पार्टीभित्रै रहेर पनि फरक मत राख्ने नेता, कार्यकर्ताहरूलाई समेट्दै अगाडि बढ्नुपर्छ ।’’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया