असार २७, २०८२ शुक्रबार July 11, 2025

चुनावको मिति घोषणासँगै बाबुरामले बाेलाए केन्द्रीय समिति बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: पार्टी पुनर्गठन गर्ने निर्णय भएको आधा महिना बितिसक्दा पनि नयाँ पार्टीको स्पष्ट खाका दिन नसकेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समूहले साउन २१ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् ।

गत २९ असारमा काठमाडौंमा बसेको जनता समाजवादी पार्टीको भट्टरार्ई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवमा रुपान्तरण असम्भव भएको भन्दै नयाँ पार्टी बनाउने निर्णय गरेको थियो । भट्टराईको समूहले यसअघि दर्ता भएको पार्टीको नाम परिवर्तन गर्दै १२ साउनमा निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरिसकेको छ ।

नयाँ पार्टी दर्ता भए पनि कस्तो र कुन खाले पार्टी बनाउने भन्नेबारे पार्टीकै नेताहरुबीच मत बाझिएको एक नेताले बताए । अगाडि कसरी जाने भन्ने सन्दर्भमा निर्णय लिन नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको पहिलो बैठक बोलाएको हो ।

नेता गंगानारायण श्रेष्ठले अब कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गर्न बैठक बोलाइएको जानकारी दिए । बैठकमा भट्टराई पक्षमा लागेका जसपाकालीन केन्द्रीय सदस्यहरु सहभागि हुने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया