काठमाडौंः काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले कांग्रेस महामन्त्री गगन थापासँग भेटवार्ता गरेका छन् । विभिन्न नेताहरूसँग भेट्दै आएका शाहले बुधबार महामन्त्री थापासँग भेटवार्ता गरेका हुन् । भेटको फोटो सार्वजनिक गर्दै महामन्त्री थापाले महानगरले लिने सकारात्मक पहल कदमीमा आफ्नो साथ रहने बताएका छन् ।
‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौंको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो,’ थापाले ट्विटरमा लेखेका छन्, ‘काठमाडौंको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया