असार २७, २०८२ शुक्रबार July 11, 2025

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकिकरण हुँदै (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच भएका विभिन्न चरणका वार्तापछि पछिल्लो पटक एकता प्रक्रियालाई थप गति दिन र टुंग्याउन दुवै पार्टीका शिर्ष नेताहरु एकता संयोजन समिति गठन गर्न सहमत भएका छन् । दुवै पार्टीका नेतृत्वको संयुक्त हस्ताक्षरमा आज एक प्रेस विज्ञप्ति जारी गरी एकता संयोजन समिति गठन गरिएको सार्वजनिक जानकारी गरिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण र नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले संयुक्त रुपमा जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “आज नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुवै नेतृत्व सहित वार्ता टोलीहरुका बीच संयुक्त बैठक बस्यो ।

व्यापक छलफलपछि सो बैठकले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजक समिति गठन गरेको छ । यस अवसरमा हामी सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, संगठन र व्यक्तिहरुलाई समेत यस प्रक्रियामा सामेल हुन हार्दिक आव्हान गर्दछौं ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया