काठमाण्डौंः नेकपासँग भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने भन्दै विप्लव नेतृत्वको नेकपा लगायतका साना कम्युनिष्ट पार्टीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले यसअघि नेकपासंग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने र नेकपाका नेताहरूमाथिको पक्राउ आदेश खारेज गर्नुपर्ने भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
त्यस्तै उनीहरूले एमसीसी खारेज गर्नुपर्ने, मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नारावाजी गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया