असार २७, २०८२ शुक्रबार July 11, 2025

नुवाकोट – २ बाटै प्रत्यक्ष निर्वाचन लड्ने काँग्रेस नेता केसीको उद्घोष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जिल्लाका अरु नेताले पनि हिम्मत गरे आफू मुलुकको जुनसुकै क्षेत्रबाट पनि निर्वाचन लड्न तयार रहेको तर अन्य अवस्थामा नुवाकोट दुईबाट आफू निर्वाचन लड्ने स्पष्ट पारेका छन् ।

केन्द्रीयस्तरका नेताहरुले जिल्लाको कुनै क्षेत्रमा दावी प्रस्तुत गर्नुु स्वाभाविक नभएपनि उक्त कुरा आफ्नो हकमा मात्र लागु नहुने बताउँदै महिला र युवाहरुको समूचित प्रतिनिधित्व गराउँदै उमेदवार छान्न अरु नेताहरु तयार भए आफू बाधक नबन्ने समेत नेता केसीको भनाई थियो ।

शनिवार बिदुरमा प्रजातान्त्रिक बिचार समाजको पाँचौं जिल्ला अधिबेशनको उद्घाटन गर्दे काँग्रेस नेता केसीले सत्ता गठबन्धनले तयार गर्ने आधारहरुलाई केन्द्रमा राखेर उमेदवारी तयार गर्न नुवाकोटबाट केन्द्रमा प्रतिनिधित्व गर्ने चारैजना केन्द्रीय सदस्यमा कुनै विवाद नरहने बताउँदै तर पार्टी हितलाई नसोचेर ब्यक्तिबादी प्रबृत्तीलाई बढावा दिईए त्यो आफ्ना लागि सह्य नहुने चेतावनी समेत दिए ।

कार्यक्रममा काँग्रेसका अर्का केन्द्रीय सदस्य बहादुरसिंह लामाले अवको निर्वाचन मुलुकको लोकतन्त्रको स्थायित्वका लागि हुने भएकाले सम्पूर्ण पार्टी पंक्ति एक भएर प्रतिपक्षका बिरुद्ध क्रियाशिल हुनुपर्नेमा जोड दिँदै गठबन्धन समयको माग भएकाले यस संबन्धित निर्णयहरु कार्यान्वयन गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताए ।

बरिष्ठ अर्थशास्त्री डाक्टर नारायणनरसिंह खत्रीले आर्थिक समाजबाद संबन्धि कार्यपत्र प्रस्तुत गरेको उक्त कार्यक्रममा समाजका अध्यक्ष डाक्टर केदारनरसिंह केसी, नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, सचिव श्रीराम श्रेष्ठ, समाजका उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्याल, बेलकोटगढी काँग्रेस अध्यक्ष लेखनाथ मुडबरी, पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष शिव देबकोटा, शिक्षक संघका अध्यक्ष द्वारिकाप्रसाद पाण्डे, पूर्ब अध्यक्ष रामबहादुर थापा, समाजकी मञ्जु चित्रकार लगायतले समाज बिकासमा प्रजातान्त्रिक बिचारहरुको सान्दर्भिकताका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया