असार २८, २०८२ शनिबार July 12, 2025

प्रचण्ड स्वदेश फिर्तापछि मात्र कर्णालीले नयाँ मन्त्री पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेशकाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फिर्तापछि मात्र नयाँ मन्त्री पाउने भएको छ । मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिएपछि माओवादी केन्द्रको भागमा परेको उक्त मलन्त्रालयमा नयाँ मन्त्री पाउन केही समय लाग्ने भएको छ ।

सोमबार माओवादी संसदीय दलको बैठकमा प्रचण्ड स्वदेश फर्केपछि मात्र नयाँ मन्त्री पठाउने विषयमा निर्णय हुने सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । गैरसांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो ।

संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना कार्यकाल पूरा भएपछि लामा सोमबार नै बिदा भएका छन् । संसदीय दलको बैठकमा सबै प्रदेशसभा सदस्यहरूले आ-आफ्नो धारणा राखेको इन्चार्ज मल्लले बताए । उनका अनुसार डोल्पाबाट निर्वाचित वीरबहादुर शाहीलाई मन्त्री बनाउने विषयमा मोटामोटी अघिल्लोपटक नै सहमति भए पनि अध्यक्ष प्रचण्ड स्वदेश फर्केपछि मात्र ठोस निर्णय हुने छ । माओवादीले सबै जिल्लाबाट मन्त्री बनाए पनि डोल्पाबाट अहिलेसम्म मन्त्री बनाएको छैन । शाही विवादरहित नेतामा पर्दछन् ।

कर्णाली सरकारमा अहिले तीनदलीय सत्ता गठबन्धन छ । जसअनुसार माओवादीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण सम्हालेको छ। यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि मन्त्रालय र कांग्रेसले मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेको छ ।

११ जना सांसद रहेको माओवादीमा दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित सातजना मन्त्री भइसकेका छन् । पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण, अधिकांश मुद्रामा हल्का वृद्धि
२०८२ असार २८, शनिबार
बर्सातका कारण सुनसान बने ‘होमस्टे’
२०८२ असार २८, शनिबार
आजको मौसम : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
२०८२ असार २८, शनिबार
सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे
२०८२ असार २८, शनिबार
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन
२०८२ असार २८, शनिबार
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार