असार २८, २०८२ शनिबार July 12, 2025

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । आज (शनिबार) बिहान ९ः३० बजे उक्त समितिको बैठक बस्ने भएको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर ललितपुरमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादनका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा आगामी संघ र प्रदेशको निर्वाचनको तयारी, गठबन्धनमा सिट बाँडफाँट र पार्टीको आन्तरिक विवादबारे छलफल हुने पौडेलले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया